जातीय विभेद भएको धारापानीका दलितहरुको गुनासो

Gandaki Ghumau

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको कुरेपानी स्थित बराह तालमा जनै पूर्णिमा पर्वका दिन जातीय विभेद र छुवाछुत भएको धारापानीका दलितहरुले गुनासो गरेका छन् । प्रसाद वितरण गर्ने क्रममा स्थानीय देविन्द्र थापाले भिमबहादुर बिकलाई आक्रमण र विभेद गरेको भन्दै शनिबार धारापानीका दलितहरुले कारबाहीको माग सहित प्रर्दशन गरेका छन् ।

“जनै पुर्णिमा मेलामा बर्षौदेखि भोज भतेरमा हुने छुवाछुत सहदै आइएका थियौ, यस वर्ष मैलो दलित जातीको लागि चामल, पैसा, धजा चल्ने तर हामी सदैव अछुत हुने भन्दा उक्त भेलामा उपस्थित देविन्द्र थापाले पहिलो आक्रमण गरि घाइते बनाउनुभयो,” भिमबहादुरले ताकम प्रहरी चौकीमा लेखेको उजुरीमा भनिएको छ “विजय थापा, करण थापा, फतबहादुर थापा लगायतका व्यक्तिहरुले आक्रमण गरेका थिए ।”

Gunasthariya Shiksya

छुवाछुत र जातीय विभेद गर्नेलाई कानुन अनुसारको कारबाही गर्न माग गर्दै धारापनीमा दलितहरुले नाराबाजी गरेका थिए । उनिहरुले न्यायका लागि ताकम वडा कार्यालयमा पनि निवेदन दिएका छन् । वडा अध्यक्ष अशोक खत्रीले भिमबहादुरको पक्षबाट उजुरी परेको र दुवै पक्षलाई छलफलका लागि आइतबार कार्यालयमा बोलाएको बताउनुभयो ।

Shreekrishna

धारापानीका गैर दलितहरुले भने मदिरा सेवन गरेका भिमबहादुरले होहल्ला र अराजक गतिबिधि गर्ने क्रममा नियन्त्रणमा लिएको तर छुवाछुत र विभेद नगरेको दावी गरेका छन् । भिमबहादुरका आफन्तहरुले भने सानो जातले प्रसाद छुन हुदैन भनेर विभेद भएको बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...