मुस्ताङमा माओवादीको तीन महिने रुपान्तरण अभियान शुरु

Gandaki Pardesh notice

जोमसोम, । गण्डकी प्रदेशको हिमालपारीको मुस्ताङ जिल्लामा पनि नेकपा माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ ।

सदरमुकाम जोमसोममा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सहित देशव्यापी अभियान शुरु गरिएको हो ।

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशका सहसचिव टेकबहादुर बिक (सुवास) का अनुसार अभियानको क्रममा जीवन परियार र राजु बिक माओवादी केन्द्रमा आवद्ध हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“राजुलाई एमाले र जिवनलाई काँग्रेसबाट पुनः आफ्नै घरमा फर्काएका छौ,” उहाँले भन्नुभयो “मुस्ताङको ५ वटै स्थानीय तह र २५ वटा वडामा तीन महिना सम्म जनताको घरघरमा पुगेर अभियान चलाउने कार्ययोजना बनाएका छौ ।”

अभियानका लागि माओवादीले मुस्ताङमा केन्द्रिय सदस्य कपिल लामालाई ईञ्चार्जको रुपमा खटाएको छ । मुस्ताङका माओवादी नेता म्याग्दीको रघुगंगा गाउँपालिकामा खटिनुभएको छ ।

माओवादीले देशव्यापी रुपमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सहित ‘घर घरमा माओवादी जनजनमा माओवादी’को नारा सहित तीन महिने अभियान घोषणा गरेको थियो ।

अभियानका क्रममा जनतासँग भेटघाट गर्ने, संगठन विस्तार, सुझाव संकलन, पार्टी प्रवेश लगायतका कार्यक्रम सञ्चालन गरिने माओवादी केन्द्र मुस्ताङका संयोजक घिरेन्द्र बिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियानमा सरकारले गरेका कार्यहरुका बारेमा जनतालाई जानकारी दिने र विकास निर्माण लगायतका जनताका आवश्यकता र समस्याहरु टिपोट गरी सरकारसम्म पु¥याइनेछ् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...