बेनीको मौलिक नागानागिनी नाच

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार तीन वटा पुस्ताका कलाकारहरुले सँगै मौलिक नागानागिनी नाच प्रस्तुुत गरेका छन् ।

बर्खे नाच अन्तरगतको नागानागिनी बेनीका नेवार समुुदायको मौलिक संस्कृति हो । नेपाल भाषा मंका खःल र ल्याम पुुचको अगुुवाईमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा नागानागिनी नाचसगै सापारु प्रर्दशन गरिएको हो ।

नयाँ पुस्तामा नागानागिनी नाचको सिप र कला हस्तान्तरण गर्ने उद्देश्यले तीन पुुस्ताका कलाकारको नाच प्रर्दशन गरिएको नेपाल भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुुभयो ।

Shreekrishna hardwear in news

“नागानागिनी नाच बेनीका हामी नेवार समुुदायको मौलिक नाच हो । सायद यस्तो नाच देशका अन्य ठाउँमा छैन,” उहाँले भन्नुुभयो “नागानागिनी नाच लोप हुुन नदिन पाका, युवा र बालक उमेरका तीन जोडी कलाकारलाई नचाएका हौ ।”

पाका पुुस्ताका राजेन्द्रकुमार श्रेष्ठ र अभिनेश श्रेष्ठ, युवाका सज्जन र जेनेश तथा बालक पुस्ताका आरप र सालिन श्रेष्ठको जोडिले नागानागिनी नाच प्रस्तुुत गर्नुुभएको थियो । राजेन्द्र र जेनेस बुवाछोरा हुुनुुहुन्छ । आरप र सालिनको उमेर ६ वर्ष हो ।

नागानागिनी नाचमा दुुई जना कलाकार आवश्यक पर्छ । दुुवै जना पुुरुष मध्य एक जनाले महिलाको कपडा पहिरिएर अभिनय गर्छन् । अनुुहारमा मुुकुुन्दो लगाउने पुुरुष कलाकारले घोति लगाएका हुुन्छ । जनैपूर्णिमाका दिन दिवंगत नेवार समुुदायको घर अगाडी सापारु सँगै नागानागिनी नाच प्रर्दशन गर्ने चलन छ । नेवार भाषाको गित गाएर नाच प्रस्तुत गरिन्छ ।

बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठका अनुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ । “नागा र नागिनीले एक अर्कालाई माया प्रेममा परिक्षण गर्न खोजेको अभिनय गर्छन,” उहाँले भन्नुुभयो “श्रीमान श्रीमतिबिच विश्वास भयो भने परिवार सफल हुन्छ भन्ने सन्देश नागानागिनी नाचले प्रवाह गरेको हुुन्छ ।”

Bhautik ministry notice about road

नाचको क्रममा नागालाई अरु नागिनीहरुले एक अर्कालाई परिक्षण गर्न आकर्षित गर्न खोज्ने र नागिनी पनि अरु पुुरुषसँग नजिकिएको अभियन गर्छन् । नाचको अन्तिम समयमा नागिनीलाई लुकाइन्छ । दुवै जनाले पारिवारिक अविश्वास सिर्जना भएको महशुस गर्छन र सम्बन्धलाई सुधार गरेर विश्वास कायम गर्दै नाचको अन्त्य हुने श्रेष्ठले बताउनुुभयो ।

बेनीमा बिहिबार देखि शुरु भएको नागानागिनी नाच शुक्रबारसम्म देखाइने ल्याम पुुचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुुभयो । नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा विभिन्न नाचहरू देखाउने प्रचलन छ ।

ल्याम्हः पूचका सदस्य सज्जन श्रेष्ठले यो वर्ष बेनी बजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउने बताउनुभयो ।

एक महिनासम्म देखाइने बर्खे नाचमा परापूर्व कालमा समाजमा दुख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खे नाचमा देखाउने गरिन्छ ।

बर्खेनाच अन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ ।

घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्न युवा र बालबालिकाहरुलाई तालिम सञ्चालन गर्न नगरपालिकाले पनि सघाएको बेनी नगरपालिका ७ का वडा अध्यक्ष रमेश श्रेष्ठले बताउनुुभयो ।

यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बालानाच देखाउन लागिएको छ । दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ । नाचका विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् ।

आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृतिहरू लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् । बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...