पार्टी प्रवेश गराउदै मालिकामा जनतासँग माओवादी अभियानको तयारी

Gandaki Ghumau

बेनी । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिक कमिटिले मंगलबार विभिन्न पार्टीका नेता कार्यकर्ता भित्र्याउदै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लागि कार्यविभाजन गरेको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको विस्तारित बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र स्वतन्त्र व्यक्तिहरु १० जना प्रवेश गर्नुुभएको माओवादी केन्द्र मालिकाका अध्यक्ष अनुुप गौचनले जानकारी गराउनुुभयो ।

एमालेबाट मालिका–७ बिमका रमेश पाइजा, प्रेम गर्बुजा, काँग्रेसका बिमका हेमबहादुुर जुुग्जाली, खिमबहादुर पाइजा, बालकुमारी रोका, रुम डाडागाउँका बुुद्धीबहादुर बुुढाथोकी, चुुढामती बुुढा, देविस्थानका महेन्द्र फगामी, दरवाङका पदमबहादुर दर्जी, सकबहादुर बिक रहनुुभएको गौचनले जानकारी दिनुुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला ईञ्चार्ज गुप्तबहादुुर हमाल, केन्द्रिय सदस्य चन्द्रबहादुुर बुढा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशमबहादुर जुुग्जाली, गण्डकी प्रदेश सदस्य चन्द्रप्रकाश बुुढाथोकी, गण्डकी प्रदेश सांसद हरिबहादुुर भण्डारी लगायतले प्रवेश गरेकाहरुलाई स्वागत गर्नुुभएको थियो ।

बैठकले भदौ १६ गतेदेखि सञ्चालन हुने तीन महिने अभियानका लागि वडामा खटिने नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । मन्त्री जुुग्जालीले मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोट र २ रुममा अभियानको नेतृत्वको जिम्मेवारी लिनुुभएको छ ।

गाउँपालिका ईञ्चार्ज गौरी सेञ्चुुरी वडा नम्बर ४ ओखरबोट, गाउँपालिका अध्यक्ष अनुुप गौचन वडा नम्बर ५ देविस्थान र वडा नम्बर ६ दरवाङ, पालिका कमिटिका सचिव लाल बहादुुर घतानेले वडा नम्बर ३ डाडागाउँको जिम्मेवारी प्रदेश परिषद् सदस्य बुद्धि जुुग्जालीले पाउनुुभएको छ ।

माओवादी पार्टीले गरेका काम, गतिबिधि, योजना र राजनीतिक उपलब्धीका बारेमा नागरिकलाई बुुझाउने तथा नागरिकका समस्या सम्बोधनका लागि पहल गर्ने उद्देश्यले देशब्यापी रुपमा तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन हुन लागेको हो ।

अभियान मार्फत समसामयिक राजनीतिक अवस्था र माओवादीको योजनाका विषयमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण, जनवर्गीय संगठनको भेला, बैठक, सम्मेलन गरि चलायमान बनाउने कार्यक्रम बनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...