धवलागिरी र अन्नपूूर्णमा माओवादीको जनतासँग अभियानका लागि कार्यविभाजन

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्नका लागि सोमबार धवलागिरी र अन्नपूूर्ण गाउँपालिकामा नेताहरुको कार्यविभाजन गरेको छ ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र अन्नपूूर्ण गाउँपालिकाको पोखरेबगरमा बसेको पालिका कमिटिको विस्तारित बैठकले भदौ १६ गते देखि वडा स्तरमा सञ्चालन हुने अभियानमा खटिने नेताहरुको जिम्मेवारी बाडफाँड गरेको हो ।

धवलागिरी गाउँपालिकामा खटिनुुभएका केन्द्रिय सदस्य चन्द्रप्रसाद बुढा सागरको प्रमुख आतिथ्यतामा बसेको बैठकले वडा नम्बर १ मा प्रदेश परिषद् सदस्य रिमप्रकाश थापा, २ मा प्रदेश क्षेत्र (ख) का सचिव किरन थापा, वडा नम्बर ५ मा प्रदेश सदस्य झकबहादुर छन्त्याललाई जिम्मेवारी तोकेको छ ।

Shreekrishna

वडा नम्बर ३ र ७ मा अभियानको संयोजकका जिम्मेवारी गाउँपालिकाका उपाध्यक्ष समेत रहनुुभएका युवा नेता रेशम पुुन मगरले पाउनुुभएको छ । गाउँपालिका कमिटिका अध्यक्ष यामन रोका वडा नम्बर ४ र प्रदेश सदस्य खुमनाथ सुवेदीले वडा नम्बर ६ को जिम्मेवारी पाउनुुभएको छ ।

Gunasthariya Shiksya

जिल्ला ईञ्चार्ज गुुप्तबहादुर हमाल, प्रदेश क्षेत्र (क) का ईञ्चार्ज बिनोद केसी, बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसी, गण्डकी प्रदेश सांसद हरिबहादुुर भण्डारीको उपस्थितिमा अन्नपूर्ण गाउँपालिका कमिटिको बैठक बसेको थियो ।

अन्नपूर्ण गाउँपालिका ईञ्चार्ज बागबिर पाईजाले वडा नम्बर २, ७ र ८, प्रदेश सदस्य पूूर्ण पाइजाले वडा नम्बर ४, प्रदेश परिषद सदस्य कविता पुुनले वडा नम्बर ५, पालिका सचिव श्याम खड्काले वडा नम्बर ६, गाउँपालिका सहईञ्चार्ज थम विकले वडा नम्बर १ र ३ को जिम्मेवारी पाउनुुभएको छ ।

माओवादी पार्टीले गरेका काम, गतिबिधि, योजना र राजनीतिक उपलब्धीका बारेमा नागरिकलाई बुुझाउने तथा नागरिकका समस्या सम्बोधनका लागि पहल गर्ने उद्देश्यले देशब्यापी रुपमा तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन हुन लागेको हो ।

अभियान मार्फत समसामयिक राजनीतिक अवस्था र माओवादीको योजनाका विषयमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण, जनवर्गीय संगठनको भेला, बैठक, सम्मेलन गरि चलायमान बनाउने कार्यक्रम बनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...