जगन्नाथको कपडा फेरियो, सरकारी भोज खुवाइयो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरमा रहेको मुर्तिलाई सोमबार धार्मिक बिधि अनुसार नयाँ कपडा फेरिएको छ । जगन्नाथको मुर्तिमा श्रावण शुक्ल दुवादशीका दिन नयाँ कपडा फेर्ने चलन छ ।

तत्कालीन पर्वत राज्यका राजा डिम्ब मल्लले निर्माण गरेको जगन्नाथ मन्दिरमा रक्तचन्दनको काठको प्राचिन मुर्ति रहेको छ । अरु बेला कपडाले छोपेर राखिने जगन्नाथको मुर्तिको साउन शुक्ल दुवादशीमा कपडा खोली नजिकको कुवामा नुवाई धुवाई गरी नयाँ कपडा फेरिदिने चलन रहेको जगन्नाथ मन्दिर संरक्षण समितिका निलकण्ड शर्माले बताउनुुभयो ।

नयाँ कपडा लगाएपछि मुर्तिलाई गाउँमा रथयात्रा गरी पुुनःमन्दिरमा लगेर कपडाले छोपेर राख्ने चलन छ । जगन्नाथ मन्दिरमा रातो रङ नचढ्ने हुँदा श्रीखण्ड, चन्दन र सेतो फुल चढाउने गरिन्छ । सेतो वा पहेंलो अक्षेता मात्र चल्छ ।

Shreekrishna hardwear in news

‘मन्दीरको मुख्य मुर्ति रक्तचन्दनको हो । मन्दीरको संरचना फेरिएको भएपनि मुर्ति राख्ने भित्रको स्वरुप पाँच सय वर्षदेखि उस्तै छ,” जगन्नाथ मन्दिर संरक्षण समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले भन्नुुभयो “जगन्नाथ मन्दीर प्राचिन सम्पदा भएपनि ओझेलमा छ । जगन्नाथको आरधनाले मनोकाक्षा पुरा हुने विश्वास छ ।”

Bhautik ministry notice about road

मुर्तीको कपडा फेर्दाको दिन जगन्नाथमा वरपरका गाउँका बासिन्दाहरुलाई बोलाएर खिर खुवाउने चलन छ । जगन्नाथलाई जेष्ठ, श्रावण र मार्ग शुुक्ल दुुवादशीका दिन तीन पटक खिर पकाएर भोग लगाउने चलन छ । पुजापछि सबै गाउँबासीलाई हरियो पातमा खिर खुुवाउने गरिन्छ । जगन्नाथ मन्दिर बेनीबाट चार घण्टा उकालो वा कच्चि सडकमा एक घण्टा यात्रा गरेपछि पुगिन्छ ।

सरकारी भोजको रुपमा खुवाइने खिरका लागि पुुलाचौर, नयाँगाउँ, पुुलाडाडा, भिरमुुनी, चिप्लेटी र घतानका हरेक घरले दूध लिएर प्रसाद ग्रहण गर्न मन्दिर पुुग्ने गर्छन् । मन्दीर सञ्चालनका लागि बेनी नगरपालिका ५ पुलाचौर र वडा नम्बर ९ घतानमा ४५ रोपनी ७ आना जग्गा गुठीको रुपमा राखिएको छ ।

किम्बदन्ती अनुुसार प्रतापी राजा डिम्ब मल्ल शारिरिक रुपमा अशक्त थिए । राजा डिम्बको आराधानाबाट प्रशन्न जगन्नाथ देवताले दर्शन दिई आर्शिवाद माग्न भन्दा राजाले सँगै राखेर सेवा गर्ने इच्छा राखेपछि तथास्तु भनेका थिए । त्यसैले राजा डिम्बले भारतको उडिसा स्थित जगन्नाथ मन्दीरबाट मुर्ति ल्याई गाजनेमा मन्दीर बनाई जगन्नाथ देवताको प्राण प्रतिष्ठा गर्नुुभएको थियो ।

काँचो इटा, माटोको पर्खाल र तामाको छाना भएको मन्दीर जिर्ण भएपछि अहिले मन्दिरलाई भारतको उडिसा स्थित जगन्नाथ मन्दीरकै प्यागोडा शैलीमा पुुनःनिर्माण गरिएको छ । वि.स. २०३५ सालमा मन्दीरबाट चोरी भएको सक्कली मुर्ति फेला परेपछि राजदरवार हुदै फर्किएर आउँदा नक्कली आएको स्थानीयको बुुझाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...