कमजोर विद्यार्थीको खोजीमा जलजला गाउँपालिका

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर सिकाई उपलब्धी भएका विद्यार्थी पहिचान गर्न थालेको छ ।

विद्यार्थीको विषयगत सिकाई उपलब्धीको विष्लेषण गरेर उनिहरु केन्द्रित शैक्षिक सुधारको योजना तय र लागू गर्ने प्रक्रीया थालेको हो । विद्यार्थीको सिकाई उपलब्धी पहिचानका लागि पालिकालेनै कक्षा १ देखि १० सम्मको आन्तरिक परिक्षा सञ्चालन गरेको अध्यक्ष राजुुप्रसाद आचार्यले जानकारी दिनुुभयो ।

“पालिका स्तरीय परिक्षा कक्षा ८ को मात्र लिए पनि हुुन्छ तर हामीले सबै कक्षाको आन्तरिक परिक्षा लिएका छौ,” उहाँले भन्नुुभयो “यो आन्तरिक परिक्षाको उत्तरपुस्तिका शिक्षकले जाँचेपछि अभिभावकलाई घरमै पठाउने व्यवस्था मिलाउछौ ।”

Shreekrishna
Gunasthariya Shiksya

गत महिना पालिकाका ९ वटै वडाका अभिभावकहरुलाई शैक्षिक उत्तरदायित्वका विषयमा प्रशिक्षण गरेको जलजला गाउँपालिकाले यसअघि फरक फरक विद्यालयमा परिक्षा केन्द्र तोकेर उपलब्धी मापत परिक्षा पनि सञ्चालन गरेको थियो ।

घरमै उत्तर पुस्तिका पठाउँदा अभिभावकले आफ्ना छोराछोरी कुन विषयमा कमजोर छन भन्ने पहिचान गर्न सजिलो हुने र घरमा पढ्ने वातावरण मिल्ने अपेक्षा गरिएको छ । यसबाट शिक्षक पनि जिम्मेवार हुनेछन् ।

सिकाई उपलब्धी कम भएका विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था मिलाउने गाउँपालिकाको योजना छ । जलजलामा ४७ वटा विद्यालय छन् । शैक्षिक सुधारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

आन्तरिक परिक्षाको अनुुगमनमा गाउँपालिकाका अध्यक्ष आचार्य, उपाध्यक्ष दिपक आचार्य, शिक्षा अधिकृत त्रिबिक्रम आचार्य, लगायत कर्मचारी र शिक्षक संगठनका प्रतिनिधिहरु खटिनुुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...