ग्रामिण सडक मर्मत धमाधम

Sinchai Khanipani notice

बेनी \ म्याग्दीका ग्रामिण सडकमा यातायातका साधन सञ्चालन हुन थालेका छन् ।

बर्खा रोकिएसँगै बाढी, पहिरो र कटानले बिग्रिएका सडक मर्मत गरेपछि सदरमुकाम बेनी र स्थानीय तहका केन्द्र देखि ग्रामिण बस्ती जोड्ने सडकमा यातायात ब्यवसायीले सवारी सञ्चालन गरेका हुन् ।

बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ, पोखरेबगर–चित्रे लगायत जिल्लाका मुख्य सडक भने सम्बद्ध संघ र प्रदेश सरकार अन्तरगतका कार्यालय तथा निर्माण ब्यवसायीले मर्मत गरेका हुन् ।

Shreekrishna hardwear in news

सडक मर्मत गरेपछि आवत–जावत, ढुवानी र ग्रामिण क्षेत्रमा कृषि उपज निकासीमा सहज भएको छ । गत असारदेखि अवरुद्ध भएका ग्रामिण सडकमा सवारी साधन सञ्चालन हुन थालेपछि स्थानीयबासीलाई सुबिधा पुगेको मंगला गाउँपालिका–३ को सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष खिमनाथ आचार्यले बताउनुभयो ।

“यसपाली ठूलो बर्षा भएकाले सडकका केही ठाउँमा मान्छे पनि हिड्न नमिल्ने गरि भत्किएका थिए,” उहाले भन्नुभयो “गाउँपालिकाले उपभोक्ता समिति मार्फत ब्याकुहोलोडर परिचालन गरेर मर्मत गरेपछि गाडी चल्न थालेका छन् ।”

सरकारले भदौ १ गतेदेखि जिल्लाभित्र आन्तरिक र असोज १ गतेदेखि अन्तरजिल्ला सवारी सञ्चालन गरेपनि म्याग्दीका सडक अवरुद्ध भएकाले सार्वजनिक यातायात सञ्चालन हुन सकेका थिएनन् ।

Bhautik ministry notice about road

सडक मर्मत भएपछि टिकट काउन्टरबाट गाडी छुटाउन थालिएको म्याग्दी यातायात प्रा.ली.का अध्यक्ष लालबहादुर थापाले बताउनुभयो । दरवाङ देखि काठमाडौ रात्रीबस पनि सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

सार्वजनिक यातायात सञ्चालन भएपछि महँगोमा निजी जिप र ट्याक्सी रिजर्भ गर्नुपर्ने समस्या हटेको छ । पहिरोबाट प्रभावित धवलागिरी गाउँपालिकाको मराङ, मल्कवाङ, मुदी र बेनी नगरपालिकाको भकिम्ली जोड्ने बाहेकका सडक सञ्चालनमा आएका छन् ।

बर्षा रोकिएको, चाडपर्व नजिकिएको र हिउँद सुरु हुन लागेकाले सबै वडामा सडक मर्मत अन्तिम चरणमा पुगेको मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । “चार वटा वडाको सडक मर्मत करिब सकिएको छ,” उहाँले भन्नुभयो “वडा न. ५ मा पर्ने अर्मनको सडक पनि मर्मतको काम भैरहेको छ ।”

मर्मत सम्भार कोषको बजेट परिचालन गरिएको उपाध्यक्ष केसीले बताउनुभयो । बेनी नगरपालिका, धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले पनि बर्खामा अवरुद्ध भएका ग्रामिण सडक मर्मतको काम धमाधम भैरहेको जनाएका छन् ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बिम, दरवाङ, देविस्थान, डाडागाउँ र ओखरबोटका सडक मर्मत सकिएको बताउनुभयो । निस्कोट र रुममा सडक मर्मतको काम भैरहेको छ ।

मालिका गाउँपालिकाको बिम अर्गाला सम्म मर्मत गरिएको धवलागिरी गाउँपालिकाको मराङ, मल्कवाङ सडक मर्मतलाई पनि तिब्रता दिएको वडा अध्यक्ष राजाराम सुबेदीले बताउनुभयो । म्याग्दीका ४५ मध्य ४४ वटा वटामा सडक पुगेको छ । जिल्लाभर ५७२ किलोमिटर सडक छ । ११ किलोमिटर मात्र कालोपत्रे भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...