दुुर्गम बस्तीका विकास प्रदेश सरकारको प्राथमिकतामा -मन्त्री जुुग्जाली

Gandaki Pardesh notice

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले मौलिक भाषा र संस्कृतिमा जुुट्न अल्पसंख्यक छन्त्याल समुदायलाई आग्रह गर्नुुभएको छ ।

नेपाल छन्त्याल संघ कास्कीको शनिबार पोखरामा भएको १३ औ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री जुुग्जालीले जनजाति समुदायमध्ये विशिष्ट पहिचान बोकेका छन्त्याल समुदायले देशको परिवर्तनमा पनि योगदान गरेका स्मरण गर्नुुभयो ।

छन्त्यालको लोपोन्मुख भाषा, संस्कृति, रहनसहत र परम्पराको निरन्तरताको लागि समुदाय आफैले सक्रियता देखाउने र त्यसमा प्रदेश सरकारले आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘‘हाम्रा मौलिक भाषा र संस्कृतिलाई कसरी पुस्ता हस्तान्तरण गर्ने ? भन्ने गम्भिर चुनौति थपिएको छ, नयाँ पुस्तालाई पुराना भाषा, संस्कृति र परम्पराको संरक्षणका जोड्न आबश्यक छ’’–उहाँले भन्नुभयो ।

उहाँले गण्डकी प्रदेशका दुरदराजमा छन्त्याल समुदायको बसोबास रहेको बताउँदे दुर्गम बस्तीहरुलाई सडक सञ्जालले जोड्ने अभियानमा आफुले प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो ।

मन्त्री जुुग्जालीले छन्त्याल र दलित समुदायको बसोबास रहेको म्याग्दीको दुर्गम गुर्जा लगायतका बस्तीहरुमा सडक सञ्जालको पहुँच पु¥याउन आफुले प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो ।

नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष सुबेदार धनबहादुर भलन्जा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन गोकर्ण घरब्जा छन्त्यालले स्वागत र सचिब ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष सोम तथब्जा छत्याल, भूपु अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्याल, भूपू सचिब बमबहादुर घरब्जा छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...