रघुुगंगामा माओवादीका तीन महिने अभियानको कार्ययोजना

Beni Sanjibani

बेनी, । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना बनाएको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा शनिबार बसेको पालिका कमिटीको विस्तारित बैठकले भदौ १६ गतेबाट देशभर एकैसाथ सुरु हुने अभियानलाई पालिकाको सबै वडाहरुमा प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गर्दै जिम्मेवारी वाँडफाँड समेत गरेको हो ।

उक्त विस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गर्दै रणवीर सार्की, छकबहादुर सार्की, रोसन परियार र मनिस सार्की माओवादी पार्टीमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै पार्टी केन्द्रिय सदस्य तथा रघुगंगा गाउँपालिका इन्चार्ज सत्यनारायण शेरचनले माओवादी नेतृत्वको वर्तमान गठबन्धन सरकारले विकास, समृद्धि र शुसासनको क्षेत्रमा गरेका पहलकदमीले जनतामा सकरात्मक सन्देश दिएको बताउनुभयो ।

Mangala Health notice about Je
Beni nagarpalika ko janahit ma jari notice

उहाँले सरकारले गरेका राम्रा कामलाई प्रचार गर्न जनताको घरघरमा पुग्न नेताहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र (क) का इन्चार्ज एवम् निवर्तमान गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले विकास र निर्माण र सुशासनको क्षेत्रमा माओवादीले मात्रै इमानदारीसाथ काम गरेको बताउँदै जनतामा माओवादीले गरेका सकरात्मक कार्यहरुको सन्देश पु¥याउनुपर्ने बताउनुभयो ।

अभियानको क्रममा पार्टी संगठन निर्माण संगै जनताको समस्या, गुनासाहरुको समेत संकलन गर्ने र पार्टीको नेतृत्व र सरकारलाई सम्बोधनका लागि पहल गरिने उहाँको भनाई छ ।कार्यक्रममा रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले तीन महिने अभियानलाई जनताका समस्याहरुको पहिचान, योजनाहरुको प्राथमिकीकरण र पार्टी संगठनको पुननिर्माणमा केन्द्रित गरिने बताउनुभयो ।

उहाँले पालिकाका सबै वडा र बस्ती स्तरमा पुगेर अभियान सञ्चालन गर्न वडा कमिटी र पालिका कमिटीका पदाधिकारी र सदस्यहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य रिम कटुवाल, चिना हमाल, बेनी नगरपालिका अध्यक्ष शेरबहादुर केसी, माओवादीको जिल्ला समन्वय समितिका सदस्य तारा शाही, नरबहादुर भण्डारी, श्रीकृष्ण रिजाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...