मर्मतपछि बेनी–जोमसोम सडकमा यातायात सूचारु

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनपछि यातायात सूचारु भएको छ ।

गत बुधबार देखि अवरुद्ध भएको ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकको सिधा यातायात सेवा शनिबार अपराहन्नदेखि सूचारु भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुुख जगत प्रजापतिले म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ गुुइठे, सुकेबगर, खामभित्ता, दुवारी क्षेत्रमा खसेको पहिरो पन्छाएर यातायात सूचारु गरिएको जानकारी दिनुुभयो ।

“पाँच दिनको प्रयासमा गत बुधबार दिउँसो खुुलेको सडक साँझ पानी परेपछि पुुनःअवरुद्ध भएको थियो,” उहाँले भन्नुुभयो “बर्षात रोकिएर मौसममा सुुधार भएपछि डोजर र मजदुर परिचालन गरेर सडक खुुलाएका हौ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिरोले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ । जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक सूचना जारी गरेर बेनी देखि दाना खण्डमा अति आवश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक अवरुद्ध हुँदा तिर्थयात्रा र भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकले दुःख पाएकाले बाध्य भएर मौसममा सुधार र सडक सहज नहुँदासम्मका लागि यात्रामा नआउनका लागि आग्रह गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...