मजदुरबाट मालिका बनेका राजन

Gandaki Pardesh notice

बेनी, १८ वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा करोडौ सम्पत्तिको मालिक बन्नुभएको छ । आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउने उदाहरण प्रस्तुत गरेका लामाको संघर्ष मेहनत गर्न चाहनेहरुका लागि प्रेरणाको स्रोत हो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाई छाडेर २०५८ माघमा काठमाडौ पसेका राजन होटलमा खाना बनाउने, सरसफाई गर्ने काम सिकेर एक वर्षपछि बागलुङ आउनुभयो । बाग्लुङको लालीगुराँस र हिमालयन क्याफेमा तीन वर्ष कुक र वेटर भएका राजन २०६२ असारदेखि कुकको रुपमा बेनीको होटल डल्फिनमा जोडिनुभयो ।

भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने राजनका लागि डल्फिनको जागिर जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । उहाँको परिश्रम र इमान्दारीबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बन्नुभयो ।

Shreekrishna hardwear in news

“डल्फिनमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकें” राजनले सम्झनुभयोे “भान्छा व्यवस्थापन, अतिथि सत्कार र कर्मचारी व्यवस्थापन गर्ने कला पनि सिकें ।” वि.स. २०७२ मा बेनीको गणेशटोलमा आफैं ‘लामा रेष्टुरेन्ट एण्ड भान्छा घर’ खोलेका लामाले २०७६ मा अस्पतालचोकमा ३० जना पाहुना राख्न मिल्ने लामा ‘कुदाप’ लज सञ्चालन गर्नुभयो ।

तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ ‘चुल्हो हुन्छ । भान्छाघर र लजको दूरी करिब ५ सय मिटर छ । दुई वर्षअघि भाडाको घरमा चलाएको लजसँगै जोडिएको चार आना जग्गा किनेका लामाले त्यहाँ पाँच तले पक्कि घर बनाएर लजको क्षमता विस्तार गर्नुभएको छ ।

७० जना क्षमताको भान्छाघर र ८० जना क्षमताको लजमा उहाँ, श्रीमति र भाई सहित १८ जना रोजगार छन् । घरभाडामा मात्र रु. एक लाख पचास हजार तिर्ने भान्छाघर र लजमा रु. पाँच करोड भन्दा बढीको लगानी छ । रु. छ लाख लगानीमा व्यवसाय शुरु भएको थियो ।

“घरबाट रित्तोहात निस्किएको हो, भाडा माझेरै भएको आम्दानी र अनुभवले आफ्नै घरजग्गा जोडेर लज चलाउने अवस्थासम्म आएको हु,” राजन भन्नुहुन्छ “केही ऋण लिएको छु । कमाएर तिर्दै जानेछौं ।”

होटलमा काम गर्दा गर्दै एसएलसी र दश जोड दुई उतिर्ण गरेका राजनले स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभयो । राजनका बुवा रामबहादुर र आमा राममायाको निधन भइसकेको छ । नुवाकोटका दश जना भन्दा बढी युवाहरुलाई बेनीमा ल्याएर होटलमा काम लगाइदिनु भएको छ ।

Bhautik ministry notice about road


“स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन । पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो” उहाँले भन्नुभयो “त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगें ।” बिहान ६ नबज्दै उठ्ने राजन राती सुत्ने बेलामा १२ बज्छ ।

नेपाली, इण्डियन र कन्टिनेन्टल खानाका लागि लोकप्रिय बनेको रेष्टुराँ र लजको व्यवस्थापनमा बिहान देखि बेलुकीसम्म राजन आफै सक्रीय हुनुहुन्छ । राजनलाई व्यवसायमा श्रीमति सारिका र भाई अर्जुनको पनि साथ छ । उनीहरू आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्ने काममा अग्रसर हुन्छन् ।

म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष राजेश शाक्य राजनको काम, मेहनत र सफलता युवाहरुका लागि प्रेरणाको स्रोत भएको बताउनुहुन्छ । “साथमा केही नलिई नुवाकोटबाट आएर मालिक बनेका राजनको सफलता प्रेरणादायी छ,” उहाँले भन्नुभयो “‘मिहेनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन ।”

मगर समुदायको बाहूल्य बसोबास भएको म्याग्दीको होटल क्षेत्रमा ‘लामा’ भनेर चिनिने पहिचान राजनले बनाउनुभएको छ । मिठा परिकार, आत्मिय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजवाट रेष्टुराँ र लजको विशेषता हो । चित्र, मौलिकता झल्कने परम्परागत सामग्रीले सजावट गरिएको लामाको रेष्टुराँ र लजमा ग्राहकका तस्बिर खिचिदिने, बर्थडे पार्टि व्यवस्थापन गर्ने सुविधा पाइन्छ ।

लामाले होटलको कोठालाई म्याग्दीका स्थानीय तह, हिमाल र पर्यटकीय स्थलबाट नामाकरण गर्नुभएको छ । धौलागिरि, अन्नपूर्ण, मंगला, मालिका, बेनी, रघुगंगा, खोप्रा, निलगिरी र गुर्जा नामाकरण गरिएका कोठा, डाइनिङ हजमा शालिग्राम पाइने कालिगण्डकी नदीको शिला राखेर सजावट गरिएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाको रुमको खानीको स्लेट भुईमा बिछ्याइएको छ । स्थानीय जंगलको टुनि, सल्लाको काठबाट खाट, दराज, टेबुल र कुर्चि बनाएका राजनले होटलको हल र भित्तामा म्याग्दीका पर्यटकीय स्थलहरुको तस्विर राखेर सजावट गर्ने तयारीमा हुनुहुन्छ ।

“मेरो होटलमा आउने पाहुनलाई परिकार देखि सजावटमा म्याग्दीको पहिचानको अनुभव दिलाएर पठाउने उद्देश्य हो,” राजनले भन्नुभयो “बेनीको होटल व्यवसायलाई मर्यादित पेशाका रुपमा स्थापित गराउने अठोट पनि लिएको छु ।” लज र रेष्टुरेन्टमा तामाङ परिकार थप गर्ने, काठमाडौ, पोखरा, कुश्मा, बागलुङ लगायत सहरमा होटलको शाखा विस्तार गर्ने राजनको योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...