म्याग्दीबाट काठमाडौ गएका एक जनालाई कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीबाट छ दिनअघि काठमाडौ गएका एक पुरुषमा सोमबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ ।

बिदेश जानका लागि काठमाडौको स्टार अस्पतालमा असोज २४ गते पिसिआर परिक्षणका लागि नमुना दिएका मंगला गाउँपालिका–१ का ३९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार ति पुरुष सात महिनाअघि बिदेशबाट आएर पुन बिदेश जानका लागि पिसिआर परिक्षण गर्ने क्रममा कोरोना पुष्टि भएपछि काठमाडौमै होटल आइसोलेशनमा बसेका छन् ।

Shreekrishna hardwear in news

म्याग्दीमा ती पुरुषका परिवारका सदस्य र सम्पर्कमा रहेका ब्यक्तिहरुको कन्ट्याक्ट टेसिङ सुरु भएको छ । उनी असोज २१ गते म्याग्दीबाट काठमाडौ गएका थिए । उनलाई म्याग्दी जिल्लाभित्रै, यात्राका क्रममा अथवा काठमाडौ पुगेपछि कहाँ कोरोना संक्रमण भयो भन्ने पुष्टि भएको छैन् ।

Bhautik ministry notice about road

यसअघि बिदेश र समुदायमा कोरोना फैलिएका जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकालाई मात्र कोरोना पुष्टि भएको म्याग्दीमा गत शुक्रबार देखि जिल्लाबाट बाहिर गएकाहरुलाई कोरोना पुष्टि भएको छ । पोखरामा उपचारका लागि गएकी मालिका–५ देविस्थान र बेनी नगरपालिका–७ का एक÷एक जनामा कोरोना पुष्टि भएको थियो ।

जिल्लाबाट बाहिर गएकालाई कोरोना पुष्टि हुनुलाई उच्च जोखिमको संकेत गर्दै स्वास्थ्य कार्यालय, प्रशासन र सुरक्षा निकायले अति आवश्यक बाहेकका काममा जिल्लाबाहिर जाने आउन नगर्न आग्रह गरेका छन् ।

जिल्ला बाहिर गएर आएपछि १४ दिन अनिवार्य क्वारेन्टिन बस्न, स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन र स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ । हालसम्म म्याग्दीका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५६ जना निको भएका छन् ।

बेनीको आइसोलेशनमा ७ जना छन् । म्याग्दीबाट एक हजार ६६९ वटा स्वाबको नमुना परिक्षणका लागि पठाएकोमा सोमबार साँझसम्म एक हजार ६६२ वटाको नतिजा आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...