बेनी–जोमसोम सडकको वैकल्पिक सडक बनाउन नारच्याङका प्रतिनिधिको पहल

Gandaki Ghumau

बेनी, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको वैकल्पिक सडक बनाउन नारच्याङबासीले पहल थालेका छन् ।

अविरल बर्षासंगै बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–३ को जलथले, गुइठे, खामभित्ता, दुवारी खण्डमा दर्जन बढी ठाउँमा छिया छिया बनाउँदा बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको छ ।

पहिरो ग्रस्त क्षेत्रको विकल्पमा नाकढ्ुङगा हुदै नारच्याङ घराप, ठाडेस्वारा, कोप्चेपानी हुदै पैरोथाप्ला मुस्ताङ जोड्ने सडक निर्माण गर्न नारच्याङका जनप्रतिनिधिहरुले काठमाडौका विभिन्न निकायमा पुगेर प्रस्ताव गरेका छन् । उनिहरुले नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज बनाएर बैकल्पिक मार्ग सञ्चालनमा ल्याउन पनि माग गरेका छन् ।

Shreekrishna
Gunasthariya Shiksya

नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामी, वडा सदस्य श्याम पुर्जा, स्थानीय अगुवा तेज गुरुङको टोलीले शुक्रबार काठमाडौमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ लगायतसँग भेटघाट गरि प्रस्ताव पेश गर्नुभएको छ ।

अहिले बेनी–जोमसोम सडकका सवारी साधनहरु बेनीबाट नारच्याङ गाउँ हुँदै घरापमा पुगेर रोकिने गरेका छन् । यस अघि नै घरापदेखि गाडपार हुँदै कोप्चेपानीसम्म सडकको ट्याक खनिएकाले सडकको मर्मत गरि कालीगण्डकी नदीमा बेलिब्रिज बनाउन सकेमा दानाको पहिरोग्रस्त जोखिमयुक्त ठाउँको बैकल्पिक मार्ग तयार हुने उनिहरुको प्रस्ताव छ ।

पहिरोले क्षतिग्रस्त सडकको निरिक्षण गर्न गत मंगलबार दाना र नारच्याङ जानुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीसँग जनप्रतिनिधि र स्थानीयबासीले ठाटीटोल र गाडपार जोड्ने कालीगण्डकीमा बेलिब्रिज बनाउन पहल गरिदिन माग गरेका थिए ।

मन्त्री जुग्जालीले संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरेर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत रहेका प्रयोग विहिन बेलिब्रिज स्थानान्तरण अथवा नयाँ बेलिब्रिज निर्माण गर्ने विषयमा समन्वय र पहल गर्ने बताउनुभएको थियो । मन्त्री जुग्जालीले बैकल्पिक प्रस्ताव गरिएको सडक स्तरोन्नतिमा पहल र समन्वय गर्ने पनि बताउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...