आपराधिक विश्वासघातको कसूरमा पक्राउ परेका दम्पत्ती कारागार चलान

Gandaki Pardesh notice

बेनी, । नियोजित रुपमा कालीगण्डकी नदीमा गाडी खसाली आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका म्याग्दीका एक दम्पत्ती कारागार चलान भएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे स्थित बेनी–जोमसोम सडकबाट ग २ च १०३१ नम्बरको बोलेरो जिप कालीगण्डकीमा खसालेका चालक कमलेस परियार र उनकी श्रीमति सिता लौडारीलाई शुक्रबार कारागार चलान गरिएको हो । उनिहरु म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका हुन् ।

Bhautik ministry notice about road

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङले मुख्य कसुरदार कमलेश पुर्पक्षको लागी र सहयोगी बनेकी उनकी श्रमिति सिता अदालतले माग गरेको धरौटी रकम तिर्न नसकेपछि थुनामा राख्नका लागि कारागार चलान गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

साउन १० गते दानाबाट बेनी फर्कने क्रममा गाडी कालीगण्डकीमा फालेर भागेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका २६ वर्षीय कमलेसलाई साउनको १४ गते प्रहरीले काठमाडौमा पक्राउ गरेको थियो ।

बेनीको सुमन किराना स्टोर्सको चालक र पैसा उठाउने काम गर्दै आएका कमलेसले साहुलाई हिसाब बुझाउन नसकेपछि नियोजित रुपमा गाडी खोलामा खसालेर आपराधिक विश्वासघातको कसुर गरेको प्रहरीले जनाएको छ । आरोप पुष्टि भएमा जनही पाँच वर्ष कैद र रु. पचास हजार जरिवाना हुने कानुन छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...