खबराका आठ घर पहिरोको जोखिममा, सडक अवरुद्ध हुँदा स्थानीयबासी समस्यामा

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबरा गाउँ पहिरोको जोखिममा परेको छ । बेनी–खबरा सडक अवरुद्ध बनाएको पहिरोले बेनी–बागलुङ सडक पनि जोखिममा छ ।

केही दिनअघिको पहिरोले सडक अवरुद्ध बनाउनुका साथै खबराको बस्तीमा जोखिम बढाएको स्थानीय कर्णबहादुर खड्काले बताउनुभयो । “घरको आगनमै पहिरो पुगेको छ, कति बेला पहिरोसँगै घर बग्ने हो भन्ने डर लागेको छ,” उहाँले भन्नुभयो “सडकबाट बग्न थालेको पहिरो घरसम्मै आएको छ । वस्तीका आठ वटा घर जोखिममा परेका छन् ।”

कर्ण खड्का, हिरा खड्का, छुना खड्का, बलबहादुर खड्का, बाबुराम खड्का, रामकृष्ण खड्का, प्रेमबहादुर सापकोटाको घर उच्च जोखिममा परेका छन् । वरपरका बस्तीका सहित १५ वटा घर जोखिममा परेको कर्ण खड्काले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गृहजिल्ला आउनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीसँग भेटेर स्थानीयबासीले पहिरो नियन्त्रण र सडक मर्मतका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

बिहिबार सडक र बस्तीको जोखिम अवस्थाको अध्ययन गर्न जानुभएका मन्त्री जुग्जालीले बर्खा रोकिएपछि पहिरो नियन्त्रण र सडक मर्मतको काम गर्न पहल गर्ने बताउनुभयो । खबरा–अर्जम सडक निर्माणका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा दुई वटा शिर्षकमा रु. ६० लाख बजेट बिनियोजन गरेको छ ।

उहाँले थप क्षति हुन नदिन सतर्कता अपनाउन आग्रह गर्नुभयो । वडा अध्यक्ष यामबहादुर कार्कीले पहिरोमाथी पाल राखेर पहिरो थप बग्न नदिने प्रयास गरेको र दिर्घकालिन समाधानका लागि नगरपालिका, संघीय र प्रदेश सरकारसँग पहल गरेको बताउनुभयो ।

सडक अवरुद्ध हुदाँ खबराका बासिन्दालाई बेनी आउन जान समस्या भएको छ । केरा, तरकारी लगायत कृषि उपज निकासी गर्न र विद्यार्थीलाई बेनीका विद्यालय जान आउन समस्या भएको स्थानीयबासीले बताएका छन् । १६० घरधुरीको बसोबास रहेको खबराका बासिन्दाको आम्दानीको स्रोत केरा खेती हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...