बजार झरे मुस्ताङी च्याङग्रा

Gandaki Pardesh notice

बेनी । दसैलाई लक्षित गरेर मुस्ताङबाट बजारमा च्याङ्गा निकासी सुरु भएको छ ।

मुस्ताङ पुगेका ब्यापारीहरुले च्याङग्रा खरिद गरेर कास्की, काठमाडौ, चितवन, म्याग्दी, बागलुङ, स्याङ्जा, तनहुँ, पर्वत, सिन्धुपाल्चोक लगायत जिल्लामा निकासी गर्न थालेका हुन् । मुस्ताङबाट हिडाएर ल्याएका च्याङ्गा बेनीबाट ट्रकमा राखेर देशमा विभिन्न शहरमा पठाउन थालेका छन् । बेनी–जोमसोम सडक जिर्ण भएका कारण जोमसोम देखि बेनी सम्म हिडाएरै ल्याउने गरिएको छ ।
सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले गत वर्षको तुलनामा प्रतिगोटा रु. सात हजार बढी मूल्य तिरेर च्याङ्गा खरिद गरेको बताउनुभयो । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तेताङबाट २१६ वटा च्याङग्रा खरिद गरेका ठकुरीको समूह सोमबार बिहान बेनी आइपुगेका छन् ।
“पोहोर साल प्रतिगोटा रु. २३ हजारका दरले खरिद गरेका च्याङ्ग्राको मूल्य अहिले गोठमै रु. २९ हजार तिर्नुप¥यो,” ठकुरीले भन्नुभयो “कोरोनाका कारण तिब्बत, डोल्पा र मुगुबाट नआएकाले मुस्ताङका कृषकले मूल्य बढाएका हुन् ।”

बजारमा उच्च माग र उत्पादन कम भएकाले भेडाच्याङग्राको मूल्य बर्षेनी बढेको छ । बेनी ल्याउँदा प्रतिगोटा रु. ३५ हजार र पोखरा पु¥याउँदा प्रतिगोटा रु. ३७ हजार पर्ने ब्यापारीहरुले बताएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको जोमसोम स्थित कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक सुधिर थापाका अनुसार सोमबार बिहानसम्म छ हजारको संख्यामा च्याङ्ग्रा बाहिरिएका छन् । जोमसोममा स्वास्थ्य परिक्षण गरेर निकासी गर्न दिइएको छ ।

विगतका वर्षमा २५ देखि तीस हजार च्याङग्रा निकासी हुने गरेको थियो । यसपाली कोरोनाका कारण तिब्बत र अन्य जिल्लाबाट नआएकाले मुस्ताङका कृषकले पालेका मात्र निकासी भएको थापाले बताउनुभयो ।

यसपालि खाद्य संस्थानले पनि काठमाडौमा भेडाच्याङग्रा नलैजाने भएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालन गरेका छन् ।

हिमाली क्षेत्रको जडिवुटियुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका च्याङग्राको मासू स्वास्थ्य व्रद्र्धक र स्वादिलो हुने सिन्धुपाल्चोकका बिष्णुप्रसाद सुवेदीले बताउनुभयो । दसै तिहारमा महँगो परेपनि भेडाच्याङग्राको मासु उपभोग गर्ने चलन छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...