जलथले -दुवारी खण्डमा अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथले देखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता, लगायतका क्षेत्रमा अविरल बर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन हुन सकेको थिएन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर बुधबार बिहान सडक खुलाइएको जानकारी दिनुभयो ।

“कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिरोले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ,” उहाँले भन्नुभयो “चार वटा डोजर, म लगायत आयोजनाका ईञ्जिनियर र प्राविधिकहरुको टोली पाँच दिनदेखि खटेर सडक खुलाएका छौ ।”

Shreekrishna

सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि दाना देखि नारच्याङको घराप सम्म हिलाम्मे सडकमा कष्टपूर्ण पैदलयात्रा गर्न बाध्य भएका थिए ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सडक मर्मतका क्रममा गुइठेको भिरबाट खसेको ढुङ्गाले चोट लागेर सडक विभागका डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल घाइते हुनुभएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

आयोजना प्रमुख प्रजापति, ईञ्जिनियर बिष्णु चापागाई, सवारी चालक अजय स्याङताङ, सुभर भाइजर इन्द्रसिंह शेरचन लगायतको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन हुनुभएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोको जोखिम रहेकाले रातको समयमा र अत्यावश्यक काम नपरि यात्रा नगर्न सूचना प्रकाशन गरेर यात्रुहरुलाई अनुरोध गरेको बताउनुभयो ।

साउन २४ गते बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमा क्षेत्रमा पर्ने बैसरी अधेरीखोलामा पहिरो खसेर घाइते भएका गाडी चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुप्सन शेरपुजाको मृत्यु भएको थियो ।

बैसरीमा १२ दिन अवरुद्ध भएको सडक साउन ३१ गते खुलाइएको थियो । बैसरीको पहिरोको समस्या समाधान भएपनि जलथले–दुवारी खण्डमा पहिरोले दुख दिन थालेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...