पहिरोमा पुरिएर घाइते भएका शेरपुजाको मृत्युु

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलामा पहिरो पुुरिएर घाइते भएका सवारी चालकको आइतबार मृत्यु भएको छ ।

गत साउन २४ गते बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो ।

Bhautik ministry notice about road

शेरपुुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अन्नपूूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन गर्बुुजा पुुनले पुुष्टि गर्नुुभयो । “घटनास्थलबाट बेहोस अवस्थामा उद्धार गरेर मणिपालको आइसीयुुमा राखेर उपचार गरिएको थियो,” उहाँले भन्नुुभयो “होस खुलेका थिएन् । आइतबार चिकित्सकले मृत घोषणा गर्नुभयो ।”

Shreekrishna hardwear in news

वडा अध्यक्ष पुनका अनुसार शेरपुुजाको शव जन्मथलो महभिरमा लगेर दाहसंस्कार गरिने भएको छ । शेरपुुजा सवारी धनी पनि हुुनुुहुन्थ्यो । पहिरोले पुरिएर गाडी पनि क्षति भएको छ । भूूमिगत पानीका कारण सिर्जना भएको बैसरीको पहिरोका कारण १२ दिनसम्म बेनी–जोमसोम सडक अवरुद्ध बनेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...