तस्विर प्रतियोगितामा सुरेन गुरुङ विजयी

Gandaki Pardesh notice

बेनी, । अन्नपूुर्ण गाउँपालिका–५ शिखका सुरेन गुरुङ म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले आयोजना गरेको तस्विर प्रतियोगितामा विजयी हुनुभएको छ ।

मोना अस्ट्रेलियाले आईतवार घोषणा गरेको नतिजा अनुसार गुरुङले खिच्नुुभएको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्विर प्रथम भएको हो ।

म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले भएको प्रतियोगितामा गुुरुङले खिच्नुुभएको सो तस्विरलाई सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा बढी लाईक, कमेन्ट, शेयर र पिपुल रिचको आधारमा बिजयी घोषणा गरिएको मोना अस्टे«लीयाले जनाएको छ ।

Shreekrishna hardwear in news

मोना अस्टे«लीयाको फेसबुक पेज मार्फत सार्वजनिक भएको तस्विर १२ हजार ८४४ लाईक, दुुई हजार ७१६ पटक शेयर, दुुई हजार पाँच कमेन्ट र दुुई लाख ३१ हजार ४७५ पिपुल रिच भएको छ ।

Bhautik ministry notice about road

१३९ जना सहभागि भएको प्रतियोगितामा बेनी नगरपालिका –५ का अनुप बानियाँ द्वितिय, रघुगंगा गाउँपालिका ३ पिप्लेका भविन्द्र शाही तृतिय र बेनी नगरपालिका ७ की रेन्जिसा श्रेष्ठ शान्त्वना हुनुभएको छ ।

बानियाँले धवलागिरी हिमाल, शाहीले पिप्लेमा रहेको भगवति मन्दिर र श्रेष्ठले बेनी बजारको फोटो प्रतियोगितामा सहभागी गराउनुभएको थियो । प्रथम, द्वितिय, तृतिय र सान्तवनालाई क्रमश ः रु. २० हजार, रु. १० हजार, पाँच हजार र तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

गत साउनको ६ गते सुरु भएको प्रतियोगितामा साउनको ९ गतेभित्र म्याग्देलीद्वारा म्याग्दीका लागि भन्ने फेसवुक गु्रपमा फोटो पोष्ट गएिको थियो । साउनको ३० गते सम्म प्राप्त लाईक, कमेन्ट, शेयर र उक्त फोटो कति जना सम्म पुग्यो भन्ने गणनालाई प्रतियोगितामा मुल्याङकनको आधार बनाईएको थियो ।

जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिको म्याग्दी प्रवासी नेपाली संघ मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...