म्याग्दी प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

Sinchai Khanipani notice

अनिल कटुवाल र प्रताप सिंजालीको रहस्यमय मृत्युको बिषयमा भएका अनुसन्धान कहाँ पुग्यो ?

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आसन्न दसै तिहार लगायत चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

चाडपर्वका समयमा हुन सक्ने कोरोना महामारी फैलने जोखिम, अपराध नियन्त्रण र सुरक्षा ब्यवस्थापनका लागि तयार पारेको योजना सोमबार सार्वजनिक गरेको हो । प्रहरी नायव उपरिक्षक किरणजङ्ग कुँवरले चाडपर्वका समयमा सम्भावित अपराध नियन्त्रणका लागि जिल्लाभरका प्रहरी युनिट मार्फत गस्ति, पेट्रोलिङ, निगरानी, सतर्कता र सक्रियता बढाइएको बताउनुभयो ।
कोत मन्दिरमा दसैका समयमा हुने मेलालाई स्थगित गरेर पुजाआजामा सिमित बनाउने, आर्थिक कारोबार हुने ठाउँ र दुरदराजका बस्तिमा सुरक्षा उपस्थिति बढाएको प्रनाउ कुँवरले बताउनुभयो । कालोबजारी, चोरी÷डकैटी र जुवातास नियन्त्रणमा निर्मम भएर प्रस्तुत हुने घोषणा गरेको प्रहरीले यातायात ब्यवस्थापन र दुर्घटना न्युनीकरणमा पनि सतर्कता अपनाएको जनाएको छ ।

Shreekrishna hardwear in news

चाडपर्वको समयमा हुने आवत जावतलाई सुरक्षित, ब्यवस्थापन र भाडादरमा हुने ठगी न्युनीकरण तथा समस्यामा परेका यात्रुलाई सघाउन कालीपुल, सिंगा–बाबियाचौर, भुरुङ्ग–तातोपानी र रत्नेचौरमा नागरिक सहायता कक्ष स्थापना गर्ने प्रनाउ कुँवरले बताउनुभयो ।

भिडभाड, मेलाजात्रा र देउसीभैलो खेल्न प्रतिबन्ध लगाइएको छ । म्याग्दीमा प्रहरीले प्राकृतिक प्रकोप, कोरोना महामारी, प्रतिबन्धित बिप्लप समूहका गतिबिधि र आपराधिक गतिबिधिलाई मुख्य सुरक्षा चुनौति पहिचान गरेको छ । मुख्य प्राकृतिक प्रकोप पहिरोको कारण अब्यवस्थित रुपमा खनिएका सडक भएको प्रहरीको ठहर छ ।

अधिकांश अपराधमा मदिराको सम्बन्ध देखिएको बताउँदै प्रनाउ कुँवरले बालबिवाह, आत्महत्या र महिला तथा बालबालिका हराउने दर पनि बढ्दो क्रममा रहेको जानकारी दिनुभयो । अपराध, दुब्र्यसनी, महामारी नियन्त्रण, दुर्घटना र सामाजिक बिकृति न्युनीकरणका लागि समुदाय, स्थानीय तह र संघ संस्थाहरुसँग सहकार्य गरेर सचेतनामुलक कार्यक्रम गरिएको बताउनुभयो ।

Bhautik ministry notice about road

यसैबीच बेनीमा ट्राफिक प्रहरीले जरिवाना तिराउने क्रममा अपारदर्शी शैली अपनाएको आरोप र गुनासोको बिषयमा प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । ट्राफिक प्रहरीले रकम तिरेको भन्दा कमको रसिद दिने गरेको गुनासो सार्वजनिक भएको थियो ।

असोज ६ गते रुइसेमा अचेत भई १६ गते पोखरामा उपचारका क्रममा ज्यान गुमाएका रघुगंगा गाउँपालिका–१ बेगका प्रताप सिंजालीको रहस्यमय मृत्युको अनुसन्धान गर्न उनिसंगै रुइसे घुम्न गएका बेगका लोकप्रसाद पाइजा, बेगबहादुर फगामी र हरि रोकालाई नियन्त्रणमा लिएको छ ।

बैशाख ११ गते बेनीको डल्लेपिललमा मृत भेटिएका शिक्षा मार्गका अनिल कटुवालको मृत्युको कारण बारे अहिलेसम्म भएका अनुसन्धानको बारेमा पनि प्रहरीले जानकारी गराएको थियो । आफन्त र विभिन्न व्यक्तिहरुले अनिलको कर्तब्यबाट ज्यान गएको दावी गर्दै अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोप लगाउदै आएका छन् ।

कटुवालको मृत्युको बिषयमा सुरु देखिनै गम्भिर रुपमा संकितहरुको बयान, पोलिग्राफ टेस्ट, घटना र स्थलको प्रकृति, पोष्ट मार्टम रिपोर्ट, सिसिटिभी फुटेजको अध्ययन, साक्षी प्रमाण, पारिवारिक, सामाजिक र इतिहास बिश्लेषण, फरेन्सि बिभागका बिज्ञको राय लगायत बिधिबाट अनुसन्धान गरिएको प्रनाउ कुँवरको भनाई छ ।

पछिल्लो समय बढ्दो क्रममा रहेको बिकार उत्पन्न भएर गिदीमा रगत जम्ने समस्याका कारण अनिलको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट र फरेन्सी बिभागको अहिलेसम्मको अनुसन्धानले देखाएपनि विभिन्न कोणबाट अन्य कारण तथा तथ्य पहिचानका लागि अनुसन्धान नरोकिने प्रनाउ कुँवरले स्पष्ट पार्नुभयो ।

कटुवाल बेनी–गलेश्वर सडकको डल्ले पिपल स्थित सडक छेउमा मृत भेटिएका थिए । उनको टाउकोमा सानो चोट थियो । घटनास्थलको प्रकृति हेर्दा हिड्ने क्रममा डिरबाट लडेको जस्तो देखिएपनि रेष्टुरेष्टमा अनिल सँगै मदिरा सेवन गरेकाहरुको पोलिग्राफ बिधिबाट अनुसन्धान गरिएको थियो ।

अनिल अरु भन्दा अगाडीनै रेष्टुरेन्टबाट निस्किएका थिए । पोलिग्राफ बिधिबाट गरिएको अनुसन्धानबाट ८३ प्रतिशत बास्तबिकता पहिचान हुने बताइन्छ । आफन्तले अनिलको मृत शरिरमा आएको परिवर्तनलाई कुटपिटबाट भएको शंका गरेका थिए । तर चिकित्सक र अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुले भने अन्य शव जस्तै उनको मृत शरिरमा पनि प्राकृतिक हिसाबले परिवर्तन आएको बताएका छन् ।
फरक प्रसंगमा प्रनाउ कुँवरले आफू म्याग्दीमा रमाइलो वातावरणमा जागिर खाने हिसाबले नआएको र कसैको स्वार्थका लागि आफ्नो पेशागत मर्यादा भुलेर कुनै काम नगर्ने बताउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...