मोनाको नेतृत्वका लागि खड्काको उमेद्वारी

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले उमेद्वारी घोषणा गर्नुुभएको छ ।

असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौ महाधिवेशनबाट चयन हुने कार्यसमितिको नेतृत्वका लागि खड्काले उमेद्वार बन्ने घोषणा गर्नुुभएको हो ।

अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लामो समयदेखी जापानलाई कर्मथलो बनाउँदै आएका सफल ब्यवसायी खड्काले मोनाको नेतृत्व गर्न अगाडी सरेका हुन । मृदुभाषी, सरल जीवनशैली र सहयोगीमनका धनी ददीवल खड्का शैक्षिक रुपमा दक्ष, व्यवसायिक रुपमा सफल र सर्वस्वीकार्य नेतृत्व क्षमताको कारण मोनाको आगामी नेतृत्वकालागी सर्वस्वीकार्य हुने ठानिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘हो, मैले यस पटक मोनाको अन्र्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दावी गर्दैछु । म सुनिने होईने देखिने र कुरा हैन, काम गरी मोनाकर्मी र जिल्लावासीलाई साँच्चै संभव छ भनी देखाउन चाहन्छु’ खड्काले भन्नुुभयो ‘संस्थाको उद्देश्य प्राप्त गर्न सोही अनुसारको काम गरिनु पर्ने रहेछ र काम गर्नकालागी संस्थाको नेतृत्व चाहिने रहेछ । त्यसैले मोनाकर्मीसंग विगत भुलेर भविश्य खोजौं, म परिवर्तन गरी देखाउँछु ।’

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो । पुनकै अगुवाईमा एनआरएनएको तेस्रो विश्व सम्मेलमा भाग लिन काठमाण्डौ आएका र दशैं मान्न पुख्यौली थलो आएका ब्यक्तिहरु भै परिषद गठन भएको थियो ।
०६६ फागुन ५ गते जिल्ला प्रशासन कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको नाममा दर्ता भएको हो । संस्थापक प्रकाश पुन (ताकम)बाहेक मोनाको हालसम्म चार जना अध्यक्ष बनेका छन ।

पहिलो अधिवेशनबाट मराङका योगेन्द्र केसी (बेलायत), दोस्रो अधिवेशनबाट ताकमका चक्रबहादुर थापा (न्युजिल्याण्ड), तेस्रो अधिवेशनबाट दरवाङका ओमनारायण जुग्जाली र चौंथो अधिवेशनबाट गुर्जाका अमर छन्त्याल (अमेरिका) अध्यक्ष बनेका छन ।

मोनाको हालसम्मका सवै नेतृत्व भेगिए रुपमा पश्चिम म्याग्दीखोला भेगले नेतृत्व गर्दै छ । मोना गैह्राजनैतिक, भौगोलिक र जातिय संस्था भएकोले सवै भुगोल, क्षेत्र, जातिय समुदायबाट आलोपालो नेतृतव आवश्यक रहेको आवाज उठेको छ । चौंथो महाँधिवेशनमा त राजनिती जातियताबढी हावी हु“दा मोनाको औचित्य र क्षमतामा प्रश्न उठ्ने गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...