बेनीमा ट्राफिक प्रहरीको जरिवाना गर्ने शैली अपारदर्शी भएको आरोप

Gandaki Pardesh notice

बेनी, । यातायात ब्यवसायी तथा सवारी चालकहरुले बेनीमा ट्राफिक प्रहरीले जरिवाना तिराउने क्रममा अपारदर्शी शैली अपनाएको आरोप लगाएका छन् ।

धेरै रकम लिने तर कम रकमको रसिद दिने गरेको आरोप लागेको हो । शनिबार दिउँसो पोखराबाट बेनी आएको एक वटा जिपका चालकबाट कालीपुलको चेकपोष्टमा बसेका ट्राफिक प्रहरीले एक हजार रुपैयाँ लिएको तर जरिवाना वापत पाँच सय रुपैयाँको रसिद दिएको बताएका छन् ।

क्षमता भन्दा बढी यात्रु बोकेका कारण कारबाहीमा परेका चालकले ट्राफिक प्रहरीले सुरुमा दुई हजार पाँच सय रुपैयाँ मागेको र बार्गेनीङ गर्ने क्रममा एक हजारमा कुरा मिलेपछि त्यही रकम पछाडी आएका अर्का चालकलाई सापटी मागेर दिएपनि पाँच सय रुपैयाँको मात्र रसीद दिएको बताएका छन् ।

Shreekrishna hardwear in news

केही समय अघी कालीपुलको चेक पोेष्टमा खटिएका ट्राफिक प्रहरी र एक जना सवारी चालकबीच हात हालाहाल र भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा सवारी चालकले रिसिइबी र पुर्वाग्रह साध्न दुरब्यवहार गरेको खुलेपछि चालकले माफि मागेका थिए ।

बेनी बजारभित्रको सडकमा एकतर्फी पार्किङको अभ्यास, ठूला गाडीलाई कालीगण्डकी किनारबाट पास गराउन सुरुवात गराएको ट्राफिक प्रहरीलाई ग्रामिण क्षेत्रमा चल्ने निजी जिपहरुले मनोमानी भाडा असुलेको बिषयमा मौन बसेको आरोप समेत छ ।

सवारी साधनहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना समेत नगरी कोचाकोच यात्रु राखेर नागरिकलाई असुरक्षित यात्रा गर्न बाध्य बनाएका छन् । ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख मिनबहादुर खड्काले भने जरिवाना तिराउने क्रममा अपारदर्शी भएको आरोपको खण्डन गर्नुभयो ।

Bhautik ministry notice about road

गल्ती गरेको प्रमाण र आरोप पुष्टि भएमा त्यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याइने खड्काले बताउनुभयो । पछिल्लो समय गल्ती गर्ने सवारी चालक र धनीको कागजात नियन्त्रणमा लिएर २४ घण्टे पुर्जी दिने बिधि समेत बसालेको खड्काको भनाई छ ।

न्युनतम ५०० देखि एक हजार ५०० रुपैयाँ जरिवाना तिराउन सक्ने ब्यवस्था भए अनुसार कोरोनाले प्रभावित भएको ब्यवसाय भएका कारण धेरै जसोलाई न्युनतम जरिवाना गरिएको खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख किरनजंङ्ग कुँवरले आफ्ना कुनै कर्मचारीले गरेको गल्तीका बिषयमा पिडितले सूचना र उजुरी दिन सक्ने बताउँदै त्यसको आधारमा छानबिन गरि गलत काम गरेको पुष्टि भएमा कारबाहीको दायरामा ल्याइने प्रतिक्रिया दिनुभयो ।

गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गने तीन हजार ६०० सवारी साधनलाई कारबाही गरेर २२ लाख १९ हजार ५०० रुपैयाँ जरिवाना वापत राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षको साउनमा २०० सवारी साधनलाई कारबाही गरेर एक लाख १७ हजार ५०० र भदौमा २५० सवारी साधनलाई कारबाही गरेर एक लाख ५४ हजार ५०० रुपैयाँ जरिवाना तिराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा असुल गर्नेहरुलाई पनि कारबाही गररहेको ट्राफिक प्रहरीको भनाई छ । बजार भन्दा बाहीरबाट यात्रु बोक्ने र बेनी आउँदा समेत चेकीङ हुने ठाउँ भन्दा टाढै यात्रु झार्ने गरेका छन् ।

नोट = ट्राफिक प्रहरीबाट पिडित चालकको गुनासो सहितको भिडियो धौलागिरी खबरसँग सुरक्षित छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...