मंगलाघाट पारी पाती चढाउने डाडाको भिरबाट पहिरो खस्यो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ र ३ लाई बेनी बजारसँग जोड्ने सडक अवरुद्ध भएको छ ।

बेनी नगरपालिका–२ मा रहेको पाती चढाउने डाडाको भिरबाट बिहिबार दिउँसो खसेको पहिरोले बेनी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने बास्कुना, सुर्केमेला, थामडाडा र मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडा पर्ने बरंजालाई पनि प्रभावित बनाएको छ ।

Bhautik ministry notice about road

पहिरोले सडक अवरुद्ध बनाउनुका साथै म्याग्दी नदीमा हालै निर्माण भएको बेनी खानेपानीको क्षमता विस्तार आयोजनाको लिफ्ट इनार र पाइपलाईन तथा पम्पीङ उपकरण जोड्न प्रयोग भएका उपकरणलाई क्षति गरेको छ ।

Shreekrishna hardwear in news

चिरा परेको भिरबाट थप पहिरो खस्ने जोखिम रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । “ड्रोन बाट हेरेर अनी शसस्त्र प्रहरीको टोलीलाई पठाएर थप पहिरो खस्ने जोखिम भए नभएको अध्ययन गरेका थियौ,” उहाँले भन्नुभयो “चिरा परेको पहाड खस्ने जोखिम रहेकाले बिहिबार सडक मर्मत गर्न सकिएन् । रातभर के हुन्छ त्यसपछि विकल्न खोज्जौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...