कागबेनीका बाढी पीडितलाई राहत संकलन

Gandaki Ghumau

बेनी, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी बाढी पीडितहरुको उद्दारकार्य र राहतकार्यका लागि सहयोग गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बुधबार सार्वजनिक अपिल गरेको छ ।

पालिका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङद्धारा हस्ताक्षरित गाउँपालिकाको सार्वजनिक सूचनामा कागबेनी बाढी पीडितहरुको उद्दारका लागि संघ, प्रदेश र स्थानीय तहलगायत सम्पूर्ण सरोकारवालाहरुमा सार्वजनिक अपिल गरेको हो ।

बाढी पीडितहरूको सहयोगार्थ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोष अन्तर्गत प्रभु बैंकमा रहेको खाता नं. २०८०१५१४१२७००२११ मा सहयोग स्वरुप रकम जम्मा गर्न अनुरोध गरिएको पालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

Shreekrishna
Gunasthariya Shiksya

गाउँपालिकाले विपद्को घडीमा राहत तथा उद्दारकार्यमा आ—आफ्नो तह तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि स्वदेश तथा विदेशमा बस्ने सबैलाई संयुक्त अपिल गरेको छ ।

साउन २८ गते साँझ करिव ७ बजे आएको कागखोला बाढीले कागबेनी गाउँको करोडौं भौतिक क्षति भएको थियो। पालिकाले दिएको विस्तृत क्षति विवरणअनुसार बाढीले कागबेनी गाउँको कागखोला बजार क्षेत्रको २९ वटा घरहरु पूर्ण क्षति र १३ वटा घर आशिंक क्षति भएको थियो । कागबेनी स्थित जनशान्ति माध्यमिक विद्यालय भवनमा पनि आशिंक क्षति पुगेको थियो ।

बाढीले वारागुङ मुक्तिक्षेत्रको ४ नं. वडा कार्यालय भवन, ईलाका प्रहरी चौकी,आमा समुह र युवाक्लव भवनसहित एक स्काभेटरसहित १८ वटा सवारी साधनमा क्षति भएको थियो । जसमध्ये २ वटा चार पाङ्ग्रे सवारी साधन पनि परेको छ । कागखोला थुनिएर आएको बाढीले ९ वटा गोठसहित ३२ वटा चौपाया क्षति पुगेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले उल्लेख गरेको छ । सुन्दर थकाली, जोमसोम

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...