कटान र बाढी नियन्त्रणका लागि सांसद रुचालको माग

Gandaki Pardesh notice

पोखरा, । गण्डकी प्रदेशसभा सदस्य दमयन्ती रुचालले नवलपुर जिल्लाको विभिन्न ठाउँमा बाढी र नदी कटान नियन्त्रणको माग गर्नुभएको छ ।

प्रदेशसभाको बुधबारको बैठकको शून्य समयमा सांसद रुचालले नवलपुरमा बाढी, डुवान र कटानको जोखिमको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

Bhautik ministry notice about road

विनयत्रिवेणी–१, ४ र ५ को बस्ती तथा खेतीयोग्य जमिन विनय खोलाको बाढी र कटानको जोखिममा परेको सांसद रुचालले बताउनुभयो । विनयत्रिवेणी वडा नम्बर ६ को साहुमारा, प्ररसैया क्षेत्रमा ठाडो खोलाले क्षति पु¥याएको जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news

मध्यवर्ती क्षेत्रमा पर्ने सो ठाउँमा राष्ट्रिय निकुञ्जको जोखिम व्यवस्थापन कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने सांसद रुचालको भनाई थियो । मध्यविन्दु नगरपालिकाको अरुणखोला बजार क्षेत्रमा रहेको ५०० घरधुरी र ३०० बिघा जमिनको कटान नियन्त्रणका लागि ५०० मिटर जाली लगाउन स्थानीयबासीबाट माग भएको जानकारी गराउनुभयो ।

देवचुलीको बहुलाखोला र नारायणी नदीको बाढीले गर्ने कटानका कारण हुने क्षति न्युनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...