बेनी–जोमसोम–कोरला योजनालाई सडक विभागको सम्मान

Gandaki Pardesh notice

बेनी, । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनालाई सडक विभागले आर्थिक वर्ष २०७९÷८० मा आकस्मिक मर्मत सम्भार कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मान गरेको छ ।

काठमाडौमा बुधबार भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक सुशिल बाबु ढकालले प्रशंसा पत्र प्रदान गर्नुभएको हो ।

Bhautik ministry notice about road

कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वतको मालढुङ्गा देखि मुस्ताङको लोमान्थाङ स्थित कोरला नाकासम्म २०० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्ने काम गरिरहेको ।

Shreekrishna hardwear in news

योजनाले आफ्नो कार्यक्षेत्रमा पर्ने सडकमा पहिरो, कटान र बाढीका कारण हुने अवरोध हटाएर नियमित यातायात सञ्चालनका लागि गरेको प्रयास अन्य योजनाको तुलनामा उत्कृष्ट भएको सडक विभागले ठहर गरेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...