गलेश्वर – दाना सडकमा राती यातायात बन्द गरिने

Gandaki Pardesh notice

बेनी, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ ।

कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वर देखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातीको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधबार सूचना जारी गरेर सडकमा ढुंगा, पहिरो खस्ने र नदी किनारमा धाजा फाटेर जोखिम हुने भएकाले बर्षायाम भर रातको समयमा गलेश्वर–दाना खण्डमा यातायात सञ्चालन नगर्न अनुरोध गरेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिरो र कटानका कारण दुर्घटनाको जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गरिएको बताउनुभयो । तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा १० वटा पहिरा छन् ।

साउन २० गतेदेखि अवरुद्ध भएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा बुधबार दिउँसोदेखि सिधा यातायात सञ्चालन हुन थालेको छ । रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा सडक माथिबाट पहिरो चलेपछि सिधा यातायात अवरुद्ध बनेको थियो ।

आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो र पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर बैसरी अधेरीखोलामा यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो । सडक देखि पाखो हुदै करिब पाँच सय मिटर माथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको उहाँले बताउनुभयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–३ खामभित्ता र तितर खण्डमा कालीगण्डकीले कटान गरेर धाजा फाटेको ठाउँमा डाईभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजनाले जनाएको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई आवत जावत गर्न समस्या भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...