फापरखेतमा अवरुद्ध बेनी–दरवाङ सडक खुल्यो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक पाँच दिनपछि बुधबारदेखि सञ्चालन भएको छ ।

अविरल वर्षासँगै बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत तथा मालिका गाउँपालिकाको बांगेपहिरोमा पहिरो खसेपछि शनिबार देखि २४ किलोमिटर दुरीको बेनी–दरवाङ अवरुद्ध बनेको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका ईञ्जिनियर सञ्जय सुवेदीले पहिरो पन्छाउने र ग्यावीयन पर्खाल बनाएर फापरखेतमा सडक मर्मत गरि यातायात सञ्चालन भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“डोजर र मजदुर, नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधी र यातायात व्यवसायी परिचालन गरेर सडक मर्मत गरेका हौ,” उहाँले भन्नुभयो “बुधबार अपराहन्न देखि बेनी–दरवाङ सडकमा सिधा यातायात सञ्चालन हुन थालेको छ ।”

Bhautik ministry notice about road

सडक अवरुद्ध हुँदा मंगला, मालिका र धवलागिरी गाउँपालिकाको यातायात सम्पर्क बिच्छेद भएको थियो । पहिरो पन्छाउने र कटान गरेर साँघुरिएको सडकमा ग्यावीयन पर्खाल उठाएर एकतर्फी गाडी छिर्ने बनाइएको छ ।

सो सडक मर्मतका लागि नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्मका दश जना सैनिकहरुले सोमबार काम गरेका थिए । निर्माण कम्पनी ओमबुद्ध कन्ट्रक्सनको ब्याकुहोलोडर र मजदुर पनि परिचालन भएको हो ।

यसैगरी ठेकेदार कम्पनी क्याराभान कन्ट्रक्सनको डोजर परिचालन गरेर बेनी–दरवाङ सडक अन्तरगत मालिका गाउँपालिका–६ को बांगेपहिरोको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका सवईञ्जिनियर रविन चोखालले बताउनुभयो । पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको बेनी–दरबाङ सडकमा फापरखेत सहित तीन वटा ठूलो पहिरो छन् ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै फापरखेतको पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

मंगला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो ५ वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गेपहिरोले पनि बेला बेलामा दुःख दिने गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...