बैसरीमा अवरुद्ध बेनी जोमसोम सडक खुल्यो

Gandaki Pardesh notice

बेनी, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह् दिनपछि सञ्चालन भएको छ ।

सडक माथिबाट पहिरो खसेका कारण बैसरी अधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक बुधबार बिहान १० बजेदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले सडकमा खस्ने पहिरो र पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर बैसरी अधेरीखोलामा यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो । “सडक खुलेपछि रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन्,” उहाँले भन्नुभयो “मौसममा सुधार भएपछि सडक मर्मत र पहिरो पन्छाउने काम गर्न सकियो ।”

Shreekrishna hardwear in news

सडक देखि पाखो हुदै करिब पाँच सय मिटर माथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

Bhautik ministry notice about road

“छरिएको पानीको स्रोतलाई एककृति गरि बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौ,” उहाँले भन्नुभयो “करिब दुई सय मिटर लम्बाईको पहिरो यसरीनै बगायौ । माटो जति पानीले बगाउने र खस्ने जस्तो देखिने ढुंगा डोजर लगाएर खसालेका छौ । अडिन सक्नेलाई चलाएको छैन् । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा पहाड भेटिएको छ ।”

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताउनुभयो । पानी र डोजर परिचालन गरेर जोखिमयुक्त ढुंगामाटो खसालिएको भागबाट पहिरो खस्न रोकिएको छ । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइप मार्फत सुरक्षित रुपमा खोल्साबाट बगायएको छ ।

पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्ण रुपमा यातायात बन्द गरिएको थियो । बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई आवत जावत गर्न समस्या भएको थियो ।

बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो । पहिरोले पुरेको जिप निकालिएको छ । सवारी धनी समेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...