पहिरोले पुरिएर घाइतेको उपचारमा सघाउन सांसद भण्डारीको माग

Gandaki Ghumau

बेनी, । बेनी–जोमसोम खण्डको सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरोले पुरिएर घाइते भएका सवारी चालकको उपचारमा सघाउन गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सरकारसँग माग गर्नुभएको छ ।

गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद भण्डारीले गुडिरहेको बोलेरो जिप माथि पहिरो गत बुधबार घाइते हुनुभएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजाको उपचारको व्यवस्था मिलाउन माग गर्नुभएको हो ।

Gunasthariya Shiksya

बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरो खसेर बेहोस भएका चालक र सवारीधनी शेरपुजाको मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । पहिरोले पुरेको जिप मंगलबार निकाल्ने प्रयास भएको थियो ।

Shreekrishna

यसैगरी सांसद भण्डारीले दश दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खुलाउन, बैसरी अधेरीखोलाको पहिरोको दिर्घकालिन समाधान गर्न र घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने बैकल्पिक सडक मर्मत गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बैसरीको सडकमा खस्ने पहिरो व्यवस्थापनको काम सकेर मंगलबारदेखि सडकमा थुप्रिएको पहिरो पन्छाउन थालिएको छ । बेनी जोमसोम कोरला सडक आयोजनाले समयले साथ दिएमा बुधबार सडक सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...