कागबेनीका बाढी पिडितलाई मार्फालीको सहयोग

Gandaki Pardesh notice

बेनी, । कागखोलाको बाढीबाट प्रभावित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दाहरुलाई छिमेकी घरपझोङ गाउँपालिकाको मार्फाका बासिन्दाहरुले आर्थिक सहयोग गरेका छन् ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंङ लालचनको नेतृत्वमा मार्फाका वडा अध्यक्ष, गाउँ मुखीयाको सहभागीतामा ५५ जनाले मंगलबार दिनभर कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, क्षतिग्रस्त भौतिक संरचनाको मर्मत गरेका हुन् ।

मार्फाका बासिन्दाहरुले श्रमदानका साथै कागबेनीका बाढी प्रभावितहरुका लागि रु. पाँच लाख एक हजार नगद उपलब्ध गराएका वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“मंगलबारदेखि बस्तीमा पसेको कागखोलालाई पुरानै ठाउँबाट बगाएर जोखिम न्युनीकरणसँगै घर र भवनभित्र पसेको बाढी पन्छाउने तथा सामान निकाल्ने काम शुरु भएको छ,” उहाँले भन्नुभयो “नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै छिमेकी गाउँका बासिन्दाहरु आएर बाढी व्यवस्थापन र क्षतिग्रस्त भौतिक संरचना मर्मत गर्न सघाउनु भएको छ ।”

कागबेनीमा अवरुद्ध भएको खानेपानी आपुर्ति सूचारु गराउन खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय र जिल्ला समन्वय समिति मुस्ताङले पाइप उपलब्ध गराएका छन् । पिउनेपानीको हाहाकार भएको कागबेनीमा मार्फाका बासिन्दाले ५० कार्टुन बोत्तलको पानी उपलब्ध गराएका छन् ।

Bhautik ministry notice about road

बुधबारदेखि पाइप जडान गरेर खानेपानी आपुर्ति गराउने काम शुरु गर्ने गाउँपालिकाले जनाएको छ । यसैगरी हिलोमाथि काठ राखेर वारी र पारीको बस्तीमा आवत जावत गर्ने व्यवस्था मिलाइएको छ ।

मंगलबार दुई वटा डोजर परिचालन गरेर बाढी व्यवस्थापन र खोला डाइभर्सनको काम गरिएको थियो । म्याग्दीबाट पठाएको डिजेल कागबेनी पुगेकाले बुधबारदेखि थप एक वटा डोजर परिचालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाले अवरुद्ध विद्युत आपुर्ति सूचारु गराउन नेपाल विद्युत प्राधिकरणसँग पोल र तार उपलब्ध गराउन अनुरोध गरेको छ ।

कागबेनीका बासिन्दाहरु घरभित्र बाढीले पुरेका र भिजेका सामान निकाल्न जुटेका छन् । बस्नयोग्य घरभित्र पसेको बाढी पन्छाइदिन स्थानीयबासीहरुले अनुरोध गरेका छन् । मंगलबार प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य बिकल शेरचन हेलिकप्टर मार्फत कागबेनी पुगेर बाढी प्रभावित क्षेत्रको निरिक्षण गरि पुननिर्माणमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कागबेनीमा कागखोलाबाट आएको बाढीले २९ वटा घर, प्रहरी चौकी, वडा कार्यालय, गुम्बा, मन्दिर, धर्मशाला, आमा समूह र युवा क्लवको सहित तीन वटा सामुदायिक भवन, ९ वटा गोठ, तीन वटा कल्भर्ट पुल, एक वटा मोटरेबल र एक वटा झोलुङ्गे पुल बगाएको थियो ।

प्रभु र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको शाखा कार्यालय रहेको सहित १३ वटा घरभित्र बाढी पसेर आंशिक क्षति गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिक पर्यटकीय स्थल कागबेनीमा बाढीले बगर बनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...