घारखोला जलबिद्युत आयोजनाको ६५ प्रतिशत निर्माण सकियो

Sinchai Khanipani notice

घार, २१ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सकिएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युतगृह, पेनस्टक पाइप जडान लगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ । सन २०१८ जनवरी देखि सुरु भएको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको म्याग्दी हाइड्रोपावर लिमिटेडका आवासीय इञ्जिनियर जोसेब बज्राचार्यले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध निर्माण भैरहेको छ । जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्राउने डिसेन्डर निर्माण अन्तिम चरणमा पुगेको छ । डिसेन्डरदेखि सुरुङ सम्म ३८.३ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडानको काम पनि अन्तिम चरणमा छ ।

Shreekrishna hardwear in news

तीन हजार पाँच मिटर लामो सुरुङ मध्य हालसम्म दुई हजार १७५ मिटर सुरुङ खनिएको छ । बाँधतर्फबाट एक हजार २१८ र किराथाप्ने स्थित आउटलेटबाट ९५७ मिटर सुरुङ खनिएको हो । नेपाली सेनाको श्रीबक्स गुल्म अन्तरगत घार स्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न बिस्फोटक पदार्थ प्रयोग गरिएको छ ।

पोखरेबगर स्थित गोजेखोल्सीमा बिद्युतगृह बनाउन माटो खन्ने काम भैरहेको छ । आउटलेट देखि बिद्युतगृहसम्म ४९० मिटर पेनस्टक पाइप जडान गरिदैछ । कारखानामा तयार भएको पेनस्टक पाइप ढुवानीको तयारी भएको छ । दसै लगत्तै पाइप जोड्न सुरु गर्ने इञ्जिनियर बज्राचार्यले बताउनुभयो ।

Bhautik ministry notice about road

घारखोलाको सिभिल ठेकेदार साउथ एसियन इन्फ्राइन्ट्रक्चर प्रा.ली. हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.ले उपकरण तयार पार्ने काम धमाधम गरिरहेका छन् ।

सिभल ठेकेदारका १४४ जना मजदुरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदुर ल्याउन समस्या भएपनि उपलब्ध मजदुरलाई परिचालन गरिएको हो । लकडाउन घोषणा लगत्तै करिब बीस दिन आयोजनाको काम रोकिएको थियो । भौगोलिक बिकटता, कोरोनाको जोखिम, लकडाउनको असहज अवस्थाका बीच पनि आयोजनालाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।

२०२१ को सेप्टेम्बर अन्तिम सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म साढे सात किलोमिटर प्रशारण लाइन निर्माण गर्ने भएको छ । यो आयोजनाको अनुमानित कुल लागत दुई अरब ४१ करोड ५८ लाख २५ हजार रुपैया हो ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ् । ५ मेगावाट क्षमताको घलेम्दी जलबिद्युत आयोजनाले बिद्युत उत्पादन सुरु गरेको छ ।

११० मेगावाट क्षमताको निलगिरी र निलगिरी क्यासकेट जलबिद्युत आयोजना निर्माण पनि धमाधम भैरहेको छ । १० मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजनाले बेशी गाउँदेखि लेकगाउँहुदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिरहेको छ ।

कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्ने नेपाल बिद्युत प्राधिकरणले अन्नपूर्ण–३ दानामा सबस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...