बाढी प्रभावित मुस्ताङको आन्तरिक र अन्तर जिल्ला यातायात सेवा पनि अवरुद्ध

Gandaki Pardesh notice

बेनी, मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँगको यातायात सम्पर्क बिच्छेद भएको छ ।

बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिका देखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुदै प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौ जोड्ने सडक सम्बन्ध टुटेको हो ।

प्रतिकुल मौसमका कारण जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएको छ । मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक म्याग्दीको रघुगंगा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बन्द छ ।

Shreekrishna hardwear in news

जोमसोम देखि थासाङ गाउँपालिकालाई जोड्ने सडक मार्फाखोलामा आउने बाढीका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ । घरपझोङ गाउँपालिका ४ जोमसोममा कालीगण्डकीले कटान गरेर सडक भत्काएपछि जोमसोम–कागबेनी–मुक्तिनाथ सडक मंगलबार बिहानदेखि बन्द भएको छ ।

Bhautik ministry notice about road

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको मोटरेबल र झोलुङ्गे पुल आइतबार राती कागखोलामा आएको बाढीले बगाएको थियो । मोटरेबल र झोलुङ्गे पुल बाढीले बगाएपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको साथै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, ताङ्वे गाउँसंग सडक सम्पर्क बिच्छेद भएको हो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले चैलेमा कालीगण्डकी नदीको मोटरेबल पुलको पहुँचमार्ग बगाएको र चराङखोलाको काठको अस्थायी पुल बाढीले भत्काउँदा यातायात सम्पर्क बिच्छेद भएको बताउनुभयो ।

“कागबेनी, छुसाङ र चराङखोलामा बाढीले सडक, पुल बगाएको र भत्काएको हुँदा उपल्लो मुस्ताङ आउने–जाने बाटो बन्द भएको छ,” उहाँले भन्नुभयो “बर्षा रोकिएर बाढी आउन छाडेपछि सडक मर्मत र पुल बगाएको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालनको पहल गरेका छौ ।”

सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरु प्रभावित भएका छन् । खाद्यान्न लगायत दैनिक उपभोग्य सामान र निर्माण सामग्रीको ढुवानी हुन सकेको छैन् । बाढी प्रभावित कागबेनीमा खानेपानी अभाव र विद्युत आपुर्ति बन्द भएको छ । बाढीले विद्युतका पोल र खानेपानीको पाइप बगाएको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष रिनजिन गुरुङले खानेपानी र विद्युत आपुर्ति सूचारु गराउन पहल भइरहेको बताउनुभयो ।

“क्षतिको मूचुल्का तयार पार्ने कार्यलाई पूर्णता दिएर आजदेखि बस्तीभित्र पसेको बाढी पन्छाउने, खानेपानी र विद्युत मर्मत गर्ने केन्द्रित भएका छौ,” उहाँले भन्नुभयो “बाढी प्रभावितहरुको राहत, व्यवस्थापन र पुननिर्माणको काम एकद्धार प्रणालीबाट गर्ने व्यवस्था मिलाएका छौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...