जोमसोममा कालीगण्डकीले कटान गर्न थाल्यो, मुस्ताङमा विपद् व्यवस्थापन गर्न म्याग्दीले तीन हजार लिटर डिजेल दियो

Gandaki Pardesh notice

बेनी, मुस्ताङको सदरमुकाम जोमसोम बजारमा कालीगण्डकी नदीमा आएको बाढीले कटान गर्न थालेको छ ।

कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो । कालीगण्डकीको कटानका कारण जोमसोमको सरकारी कार्यालय जाने झोलुङ्गे पुलदेखि माथि मुस्ताङ अस्पतालतर्फ ५० मिटर दुरीमा सडक चिराचिरा परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

“११ मिटर फराकिलो सडकको डिलतर्फको करिब ८ मिटर चौडाईमा धाजा फाटेपछि मंगलबार बिहानदेखि यातायात सञ्चालन गर्न रोकेका छौ,” उहाँले भन्नुभयो “जोमसोम अस्पतालको भवन र दश भन्दा बढी व्यक्तिका घरहरु जोखिममा परेका छन् ।”

Shreekrishna hardwear in news

बाढीले ग्यावीयन र मेसिनरी पर्खाल भत्काएर बस्तीतर्फ कटान गर्न थालेपछि जोखिम बढेको हो । गाउँपालिकाका अध्यक्ष लालचनले नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले कटान गरेको ठाउँमा ग्यावीयन पर्खाल बनाएर कटान नियन्त्रण र सडक सञ्चालन गर्न खटिएको बताउनुभयो ।

Bhautik ministry notice about road

शनिबार र आइतबार दुई दिनको लगातारको झरिका कारण मुस्ताङका खोलाहरुमा बाढी आएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागखोलामा आएको बाढीले आइतबार राती कागबेनीमा २९ वटा घर सहित प्रहरी चौकी, वडा कार्यालय, मोटरेबल पुल, झोलुङ्गे पुल, मन्दिर गुम्बा, धर्मशाला लगायत भौतिक संरचना बगाएको छ ।

कागखोलाको बाढी मिसिएर जोमसोममा आएको बाढीले कटान गर्न थालेको हो । यसैबीच मुस्ताङको विपद् व्यवस्थापनका लागि म्याग्दी जिल्लाको विपद् व्यवस्थापन समितिले तीन हजार लिटर डिजेल उपलब्ध गराएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सोमबार पोखरामा बसेको प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले राहत ब्यवस्थापन र बाढीबाट भत्किएको संरचना ब्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएकाले म्याग्दीबाट डिजेल पठाउने निर्णय गरेको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रदेश सरकारको निर्देशन अनुसार सोमबार बेनीबाट पठाएको तीन हजार लिटर डिजेल मंगलबार बिहान घाँसामा मुस्ताङको विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडक बैसरीको पहिरोले अवरुद्ध भएकाले घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने बैकल्पिक सडक प्रयोग गरेर इन्धन पठाएको प्रजिअ पौडेलले बताउनुभयो ।

प्रजिअ पौडेलका अनुसार बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत मंगलबार साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य सहित बैसरीमा खस्ने पहिरो व्यवस्थापन गर्ने काम भैरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बेनी–जोमसोम सडक अवरुद्ध हुदा मुस्ताङमा इन्धन लगायत अत्यावश्यक बस्तुको अभाव भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...