भालेबासको पहिरो कालीगण्डकीमा खस्यो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भालेबास भन्ने ठाउँबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहाव परिवर्तन गराएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरना र काभ्रे गाउँको पारी रहेको भालेबासबाट खसेको पहिरोले कालीगण्डकी नदी बहने क्षेत्र साँघुरिएको छ । सोमबार अपराहन्न करिब पाँच बजेको समयमा करिब दश मिनेट निरन्तर खसेको पहिरो कालीगण्डकी नदीको किनारमा थुप्रिएको छ ।

Bhautik ministry notice about road

पहिरोले कालीगण्डकी बग्ने ठाउँ साघुरिएको र दाना काभ्रेतर्फ कटान गर्ने जोखिम बढेको स्थानीय सुजन बुढाथोकीले बताउनुभयो । ‘पहिरो खस्दा धुवाँ उडेको थियो, अहिले नदी आफ्नै लयमा बगेको छ, पहिरो खस्ने क्रम रोकिएको छैन’ प्रत्यक्षदर्शी बुढाथोकीले भन्नुभयो ।

Shreekrishna hardwear in news

बस्ती आसपासमा नभएकाले नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको अन्नपूर्ण गाउँपालिकाका पुर्व वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । पहिरो स्थल संसारकै गहिरो पर्यटकीयस्थल अन्धगल्छीको माथि र भाले बास्ने तालको तल पर्छ ।

सो पहिरोले कालीगण्डकीको धार परिवर्तन गराउँदा जोखिममा रहेका काभ्रेका सुमन घर्ती, थमबहादुर पाइजा, थमबहादुर विक र शान्ति बरुवालको परिवारलाई सुरक्षित स्थानमा सारिएको पुर्व वडा सदस्य पुनले बताउनुभयो । कालिगण्डकी नदी खोचबाट बग्ने भएकाले पहिरोले असर गरे पनि तीव्र बेगमा आएकाले लामो समय अवरुद्ध नभएको स्थानीयको भनाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...