बाढीले बगर बनाएको कागबेनी, प्रभावितको व्यवस्थापन र क्षतिको प्रारम्भिक विवरण संकलन

Gandaki Pardesh notice

बेनी, २९ साउन ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढीले पु¥याएको भौतिक संरचनाको सोमबार प्रारम्भिक विवरण संकलन र प्रभावितहरुको व्यवस्थापन गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतबार राती आएको बाढीले पु¥याएको भौतिक संरचनाहरुको क्षति विवरण संकलन र घरबास गुमाएकाहरुलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र ९ वटा गोठमा बाढीले पूर्ण रुपमा क्षति गरेको जानकारी दिनुभयो । “पूर्ण क्षति भएको घर बाढीले बगाउने र लडाउने गरेको छ । बस्नै नमिल्ने बनाएको छ,” उहाँले भन्नुभयो “१३ वटा घरभित्र बाढी पसेर आंशिक क्षति गरेको छ । गोठका गाईबस्तु बाढीमा पुरिएका छन् ।”

Shreekrishna hardwear in news

गाउँपालिकाको केन्द्र र धार्मिक स्थल समेत रहेको कागबेनीमा तिरिखोला थुनिएर कागखोलामा आएको बाढी आइतबार राती ८ बजेको समयमा बस्ति भित्र पसेको थियो । पुर्व सूचना पाएका कारण स्थानीयबासीले भागेर ज्यान बचाएपनि ठूलो धनमालको नोक्सानी भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

गाउँको बिच भाग भएर बस्ने कागखोलामा मान्छे र मोटरसाइकल वारपार गर्न बनाइएको तीन वटा पक्कि, एक वटा झोलुङ्गे र एक वटा काठमो पुल ध्वस्त बनाएको छ । जोमसोम–कोरला सडक अन्तरगत कागखोलामा निर्माणाधिन मोटरेबल पुलको स्पाम बगाउँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासँग यातायात सम्पर्क बिच्छेद भएको छ ।

कागबेनी प्रहरी चौकी, वडा कार्यालय, धर्मशाला, श्रद्धा स्थल, एउटा गुम्बा, एउटा मन्दिर, आमा समूहको स्नान गृह सहित र मिलन युवा क्लवको भवन, दुई तले हटरुम भवन पूर्णमा क्षति भएको छ । गुम्बा नजिकै राखेका दुई वटा गाडी, ३० वटा स्कुटर र मोटरसाइकल बाढीले पुरेको र बगाएको अध्यक्ष गुरुङले बताउनुभयो ।

Bhautik ministry notice about road

नेपाल इन्भेष्टमेन्ट मेघा र प्रभु बैंक लिमिटेडको कार्यालय भएको भवनमा पनि बाढी पसेर क्षति पुगेको छ । बैंक भएको घरको सुरक्षाका लागि प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालले जनाएको छ । सामुदायिक भवन र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । कक्षा कोठा, खेलमैदानमा बाढी थुप्रिएकाले पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनशान्ति माविका शिक्षक मनविर किसानले बताउनुभयो ।

कागबेनीमा विद्युत अवरुद्ध र खानेपानीको अभाव भएको छ । नदी कटान नियन्त्रण गर्न बनाइएको पक्कि संरचना र ग्यावीयन पर्खाल बाढीले बगाएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीले बाढीले गरेको क्षतिको विवरण संकलनका साथै घरबास गुमाएकाहरुलाई आफन्तकहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

भवन बाढीले क्षति गरेपछि कागबेनी प्रहरी चौकीको कार्यालय वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रशासकीय भवनमा सारिएको छ । गाउँपालिकाको र अर्को सामुदायिक भवनमा आफन्तकहाँ आश्रय लिन नसक्ने ५० जनालाई व्यवस्थापन गरिएको प्रजिअ केसीले बताउनुभयो ।

उनिहरुलाई खानेबस्ने व्यवस्था गाउँपालिकाले गरेको छ । ६० जना भन्दा बढी मजदुरहरुलाई जोमसोममा घरपझोङ गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएर राखेको छ । बस्तिभित्र बाढी पसेर घरहरु हिलाम्मे भएका छन् । बाढीले नभत्काएका घरभित्र पसेको बाढी फालेर सफा गर्नुपर्ने छ ।

जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले भत्किएका र जोखिममा रहेका घरका सामानहरु निकालेर सुरक्षित ठाउँमा लैजान सहयोग गरेका थिए । नेपाली सेनाले काठको अस्थायी पुल हालेर उपल्लो पैदल हिडेर खोला वारपार गर्ने व्यवस्था मिलाएको छ ।

जोमसोम–कागबेनी सडक अन्तरगत पाण्डाखोलामा आएको बाढीले उद्दार र राहत व्यवस्थापनमा चुनौति सिर्जना गरेको छ । गाउँपालिकाका अध्यक्ष गुरुङले राहत वितरणलाई एकद्धार प्रणाली लागू गर्न मंगलबारको विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव गर्ने बताउनुभयो । मुस्ताङमा शनिबार र आइतबार लगातर पानी परेको थियो ।

स्थानीयबासीहरुका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपाली जस्तो धेरै र ठूलो वर्षा भएको थिएन् । बर्षातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...