नेकपा र काँग्रेसका कार्यक्रम स्थगित

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस म्याग्दीले पार्टीका कार्यक्रम स्थगित गरेका छन् ।

दुई वटै पार्टीले आइतबार छुट्टा–छुट्टै प्रेस विद्दप्ति जारी गरेर तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को जोखिम न्युनीकरणका लागि कार्यक्रमहरु स्थगित गरेको जानकारी गराएका हुन् ।

पछिल्लो एक महिनायता म्याग्दीमा नेकपा र नेपाली काँग्रेसले चुनावको झल्को दिने गरी पार्टी प्रवेश गराउने होडबाजी चलेको थियो । प्रमुख दलका भिडभाडजन्य गतिबिधिका कारण कोरोनाको जोखिम बढेको भन्दै दल तथा नेताहरुको आलोचनाका साथै कार्यक्रम रोक्न दवाव परेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेपाली काँग्रेसले क्रियाशिल सदस्यता बितरण र १४ औ महाधिवेशनको तयारीका क्रममा पार्टी गतिबिधिलाई तिब्रता दिएको थियो । नेकपाले सदस्यता नविकरण, जनबर्गीय संगठनको एकतालाई पूर्णता दिने कार्यक्रम सञ्चालन गरेको थियो ।

नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठले कोरोनाको जोखिमसँगै सभा, सम्मेलन जस्ता कार्यक्रम स्थतिग गरिएको बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)द्धारा विज्ञप्तिमा अर्को सूचना नहुँदासम्म सभा सम्मेलनका गतिविधि स्थगित भएका उल्लेख छ ।

नजिकिदै गरेको बिजयादशमी पर्वमा हुन सक्ने जमघट समेतलाई ख्याल गर्दै जनहितलाई मध्यनजर गरेर कार्यक्रमहरु स्थगित गरिएको नेताहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...