बेनी–दरवाङ सडक मर्मत शुरु

Gandaki Pardesh notice

तातोपानी, । दुई दिनदेखि अवरुद्ध म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक मर्मतको काम शुरु भएको छ ।

अविरल वर्षासँगै बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत तथा मालिका गाउँपालिकाको बांगेपहिरोमा पहिरो खसेपछि शनिबार देखि २४ किलोमिटर दुरीको बेनी–दरवाङ अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुँदा मंगला, मालिका र धवलागिरी गाउँपालिकाको यातायात सम्पर्क बिच्छेद भएको छ । जनजिवन प्रभावित र कष्टकर बनेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी–दरवाङ सडक आयोजनाका निर्माण कम्पनी, नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधी र यातायात व्यवसायीहरुले पहिरो खसेको ठाउँमा सोमबारदेखि मर्मत थालेका हुन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक ईञ्जिनियर सञ्जय सुवेदीले फापरखेतमा पहिरो पन्छाउने र कटान गरेर साँघुरिएको सडक ग्यावीयन पर्खाल उठाएर गाडी छिर्ने बनाउने काम भैरहेको जानकारी दिनुभयो ।

सो सडक मर्मतका लागि नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्मका दश जना सैनिकहरु पनि परिचालन भएका छन् । निर्माण कम्पनी ओमबुद्ध कन्ट्रक्सनको ब्याकुहोलोडर र मजदुर पनि परिचालन भएको छ ।

यसैगरी ठेकेदार कम्पनी क्याराभान कन्ट्रक्सनको डोजर परिचालन गरेर बांगेपहिरोको पहिरो पन्छाउन थालिएको छ । मौसमले साथ दिएमा मंगलबारसम्म पहिरो पन्छाउने र मर्मतको काम सकेर सडक खुलाउने तयारी रहेको ईञ्जिनियर सुवेदीले बताउनुभयो ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै फापरखेतको पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको बेनी–दरबाङ सडकमा फापरखेत सहित तीन वटा ठूलो पहिरो छन् । मंगला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो ५ वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गेपहिरोले पनि बेला बेलामा दुःख दिने गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...