आँखा पाक्ने रोग फैलिएपछि बेनीका विद्यालय भदौ १ गतेसम्म बन्द, ३ गतेदेखि खुल्ने

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिकामा आँखा पाक्ने सरुवा रोग फैलिएपछि विद्यालय बन्द गरिएको छ ।

नगरपालिकामा सोमबार बसेको जनप्रतिनिधि, विद्यालयका प्रअ, व्यवस्थापन समिति र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले भदौ १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालय यही साउन ३० गतेदेखि भदौ १ गतेसम्म बन्द गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अधिकांश विद्यालयका विद्यार्थीहरु आँखा पाक्ने सरुवा रोगका कारण बिरामी भएकाले यसलाई फैलिन नदिन र नियन्त्रण गर्न विद्यालय बन्द गर्न नगरपालिकाले विद्यालयहरुलाई सोमबारनै पत्र पठाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा ११२ जनामा आँखा पाक्ने रोगबाट संक्रमित भएका छन् । बेनी नगरपालिकामा ५७ वटा विद्यालय छन् । आँखा पाक्ने रोगबाट अधिकांश विद्यालयका विद्यार्थीहरु छन् ।

बेनीका विद्यालयहरु ऋब भदौ ३ गतेदेखि सञ्चालन हुने भएका छन् । १ गतेसम्म बन्द गर्ने भनिएपनि २ गते शनिबार परेकाले ३ गतेदेखि मात्र पठनपाठन शुरु हुने भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...