अल्वाङमा बाढीले धान र मकैबालीमा क्षति

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका, ९ तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरो र बाढीले धान तथा मकै बालीमा क्षति पु¥याएको छ । पहिरोसंगै थप आएको बाढीले बस्तीलाई असर गर्ने सम्भावना बढी छ ।
स्थानीय बावुराम चोखालका अनुसार तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि जंगलबाट पहिरो झरेको हो । पहिरोसंगै आएको बाढीले अल्वाङ फाँटमा दर्जनबढी ब्यक्तिको धान खेत तथा मकैबारी पुरेको छ ।

Bhautik ministry notice about road

बर्षात भईरहेकोले क्षति न्यूनिकरण गर्नका लागि स्काभेटर प्रयोग गरेर बाढीलाई पुरानो खोल्सामा फाल्ने काम गरिएको वडाअध्यक्ष चक्र केसीले बताउनुभयो । उहाँले थप बाढी आएमा बस्तीलाई समेत असर गर्ने देखिएको बताउनुभयो । बाढीको जोखिममा रहेका घरहरुमा बस्नेलाई सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...