जन्मदिनमा बालगृह र विद्यालयलाई सहयोग

Gandaki Pardesh notice

बेनी । बेनीमा ब्यवसायसंगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध युवा ब्यवसायी सन्दिप खत्री (प्रविण) ले जन्मदिनको अवसरमा दुई संस्थालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्नुभएको छ ।

बेनीमा संचालित म्याग्दी बालगृहमा खाद्यान्न र अध्ययन गरेको विद्यालयको अक्षकोषमा आर्थिक सहयोग गर्नुभएको हो । लायन्स क्लव अफ बेनी पिस सिटीका अध्यक्ष समेत रहनुभएका खत्रीले नेपाल बाल संगठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा बस्ने बालबालिकालाई रु. आठ हजार बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्राी सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road

लायन्स कल्व पिस सिटीमार्फत संगठनका उपसभापति ज्ञानेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । खत्री नेपाल बालसंगठन म्याग्दीका सचिव समेत हुनुहुन्छ । शनिबार उहाँले अध्ययन गरेको बेनी नगरपालिका वडानम्वर ९ तोरीपानीमा रहेको गलेश्वर माविले स्थापना गरेको अक्षकोषमा रु. तीन हजार ३३३ आर्थिक सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news

संचारकर्मी पेशामा समेत आवद्ध खत्री वाईसिएल म्याग्दीका संयोजक, म्याग्दी मुद्रण उद्योग संघको अध्यक्ष र म्याग्दी जेसिजको निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । आफ्नो कमाईको केही रकम सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यका साथ जन्मदिनको अवसरमा प्रत्येक बर्ष विभिन्न संघसंस्थामा सहयोग गर्दै आएको खत्रीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...