मुसुरखोलाका पहिरो पिडितका लागि सुरक्षित ठाउँमा बसोबासको व्यवस्था

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाको मुसुरखोलाका पहिरो पिडितका लागि सुरक्षित ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

वडा कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पहिरोको जोखिममा रहेका मुसुरखोलाका छ घरपरिवारका लागि सुरक्षित ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो ।

वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले सुरक्षित ठाउँमा त्रिपालको टहरा बनाएर पहिरोको जोखिममा रहेकाहरुलाई बस्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । मुसुरखोला माथिको पाखो चिरा चिरा परेपछि दुई वर्षदेखि जोखिममा परेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पानी परेको अवस्था र रातको समयमा स्थानीयबासीहरु टहरामा गएर बस्ने गरेका छन् । सागर थापामगर, नरबहादुर थापामगर, सुकबहादुर थापामगर, नविन थापामगर, देवबहादुर गुरुंग र भिमबहादुर थापामगरका परिवारलाई अस्थायी बसोबासको व्यवस्था मिलाएको थामडाडाका राजु गुरुङले जानकारी दिनुभयो ।

स्थानीयबासीहरुले वडा कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालयलाई पहिरोको जोखिममा रहेकाहरुलाई सुरक्षित ठाउँमा सार्न प्रस्ताव गरेका थिए । प्रशासनले गलेश्वर स्थित शसस्त्र प्रहरीसँग रहेको विपद् प्रभावितको लागि सामुहिक आवासको सामग्री उपलब्ध गराएको हो । हाल २५ जनाले सो टेन्टमा बस्ने गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...