घाइते खेलाडीलाई ब्याडमिन्टन संघको सहयोग

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघले घाइते खेलाडीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

एक महिना अघि भएको एकल ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने क्रममा लडेर घुँडामा चोट लागेर घाइते भएकी बेनीको प्रकाश माविमा कक्षा ९ मा अध्ययनरत दिपिका बिकको उपचारका लागि संघले सहयोग गरेको हो ।

Bhautik ministry notice about road

संघका अध्यक्ष सञ्जन शाक्यले रु. ६० हजार ७११ सहयोग संकलन गरेर शुक्रबार दिपिकाका अभिभावकलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला ब्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष हिमालय कार्की लगायतको उस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

Shreekrishna hardwear in news

तीन महिने ब्याडमिन्टन खेल प्रशिक्षण समापनका क्रममा भएको एकल प्रतिस्पर्धामा भाग लिने क्रममा दिपिका घाइते हुनुभएको थियो । दिपिकालाई शुक्रबारनै थप उपचारका लागि पोखरा पठाइएको छ ।

दिपिकाको उपचारका लागि बेनी नगरपालिका, वडा नम्बर ८ र ७ को कार्यालय, जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन संघले प्रतिवद्धता जनाएका छन् । अन्य दाताहरुबाट पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...