बराहपाखोमा फलफुलका बिरुवा रोपियो

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका ७ मा रहेको बराहपाखो सामुदायिक वन क्षेत्रमा बिहिबार फलफुलका बिरुवा रोपिएको छ ।

राष्ट्रिय सामुदायिक वन दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको समन्वयमा वृक्षारोपण गरिएको हो ।

Bhautik ministry notice about road

अम्बा र आँपका १०० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको वृक्षारोपण कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायत जनप्रतिनिधि, सुरक्षाकर्मी र वन उपभोक्ता समूहका प्रतिनिधिहरुको सहभागिता थियो ।

Shreekrishna hardwear in news

सहायक वन अधिकृत चन्द्रमणी सापकोटाको अध्यक्षता र सहायक वन अधिकृत नरबहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागिहरुले वनको संरक्षणसँग उपयोग बढाउनुपर्ने र कृषि वनमा जोड दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...