घारखोला जलविद्युत आयोजनाको जिप दुर्घटनामा लेखापाल घाइते

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा बिहिबार जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

म्याग्दी हाइड्रोपावर प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको बा १८ च ८५९० नम्वरको बोलेरो जीप दर्घटना हुदाँ आयोजनाका लेखापाल शुरेश पराजुली गम्भिर घाईते हुनुभएको हो । आयोजनाको पोखरबगरेस्थित कार्यालयबाट सोही वडाको अमिला काफलस्थित आउटलेटमा जानेक्रममा घुम्तीमा गाडी घुमाउन खोज्दा ब्रेक फेल भै नालीमा पल्टेको थियो ।

Bhautik ministry notice about road

घाईते पराजुलीलाई घार स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा हुदैँ काठमाण्डौ लगिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जीपमा घाईते पराजुलीसहित ५ जना सवार थिए । अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Shreekrishna hardwear in news

यसैगरी रघुगंगा गाउँपालिका–२ बैसरीमा बुधबार साँझ भएको जिप दुर्घटनामा घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लोक्चन गर्बुजाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बेनी देखि तिप्ल्याङ तर्फ जादै गरेको ग १ ज ६८२० नम्बरको बोलेरो जिप गुडिरहेको अवस्थामा पहिरो खसेर पुरिदा चालक र सवारी धनी समेत रहेका गर्बुजा सख्त घाइते हुनुभएको थियो । बेहोस अवस्थामा उद्दार गरेर बेनी अस्पताल ल्याइएका गर्बुजालाई प्राथमिक उपचार गरि पोखरा रिफर गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...