तातोपानीमा आइएमईको एटिएम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा ग्लोवल आइएमई बैंकको एटिएम काउन्टर सञ्चालन भएको छ ।

Bhautik ministry notice about road

तातोपानी कुण्ड परिसरमा स्थापना भएको एटिएम काउन्टरको बुधबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । प्राकृतिक उपचार स्थलको रुपमा परिचित सिंगा तातोपानीमा स्नान गर्न आउनेहरुलाई आर्थिक कारोबार गर्न सहज बनाउने उद्देश्यले एटिएम काउन्टर सञ्चालन गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अणबहादुर खड्का (भगवान), वडा सदस्य प्रेम श्रीस, सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्का, सचिव कुमार केसी, तातोपानी टोल सुधार समिति, आमा समूह, युवा क्लव, प्रहरी चौकीका प्रतिनिधी र बैंकका कर्मचारीहरुको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...