म्याग्दीमा छ जना कोरोना संक्रमित थपिए

Gandaki Pardesh notice

उपचारका लागि पोखरा गएकी देविस्थानकी महिलामा पनि कोरोना पुष्टि

बेनी । म्याग्दीमा शुक्रबार छ जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दीबाट उपचारका लागि पोखरा गएकी मालिका–५ देबिस्थानकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा बसेका तीन जना, दुवईबाट आएका एक जना र नेपाली सेनाका दुई जनामा कोरोना पुष्टि भएको हो । असोज २१ गते २२ वटा स्वाबको नमुना संकलन गरेर कोरोना परिक्षणका लागि पोखरा पठाइएको थियो ।

Shreekrishna hardwear in news

कोरोना संक्रमण हुनेमा बेनी नगरपालिका–२ का वर्ष २८ की महिला, वर्ष १० र ८ का बालक छन् । उनिहरु भारतबाट आएर माउन्ट एभरेष्ट आवासीय माविको क्वारेन्टिनमा बसेका थिए । यसैगरी दुवईबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बर्ष २४ का पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नेपाली सेनाको श्रीबक्स गुल्मका वर्ष ३८ र ३६ का दुई जना सैनिकमा पनि कोरोना पुष्टि भएको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य अवस्था सामान्य भएका उनिहरुलाई खुल्ला मञ्चमा सञ्चालित आइसोलेशनमा लगिएको छ ।

Bhautik ministry notice about road

यसैगरी मालिका गाउँपालिका–५ देविस्थानकी ३५ वर्षीया महिलाको पनि पोखरामा पिसिआर परिक्षणका क्रममा कोरोना पुष्टि भएको छ । हालसम्म जिल्ला बाहिर र बिदेशबाट आएकामा कोरोना देखिएको थियो । म्याग्दीबाट बाहिर गएकामा पहिलो पटक कोरोना पुष्टि भएपछि समुदायमा फैलने जोखिम देखिएको छ ।

ती महिला असोज १५ गते म्याग्दीबाट पोखरा पुगेर उपचारका लागि बिभिन्न अस्पतालमा पुगेकी थिइन् । गाउँ, बाटो र अस्पताल कहाँ संक्रमण भयो भन्ने बिषयमा कन्ट्याक टेसीङ सुरु गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । ती महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

म्याग्दीबासीलाई जरुरी कामबाहेक बाहिरी जिल्लाको यात्रा नगर्न र बाहिरी जिल्ला तथा बिदेशबाट आएकाहरु अनिवार्य चौध दिन क्वारेन्टिन बस्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । म्याग्दीमा हालसम्म ७ जना महिला सहित ५७ जनामा कोरोना पुष्टि भएको छ ।

बेनीको आइसोलेशनमा ७ जना उपचाररत छन् । ५ महिला सहित ५० जनाले कोरोना जितेर घर गएका छन् । धवलागिरी गाउँपालिका घर भई हाल पर्वतको जलजला गाउँपािलकामा बस्ने एक शिशूको काठमाडौमा कोरोना संक्रमण पुष्टि भएर ज्यान गएको थियो ।

म्याग्दीबाट एक हजार ६५२ वटा नमुना संकलन गरि पिसिआर जाँच गर्न पठाइएकोमा एक हजार ६३० वटाको नतिजा आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...