मालिकाको किटिनिमा चिया खेती

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो ।

मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार ८०० चियाका बिरुवा रोपिएको जानकारी दिएका छन् । “बाँझो पाखो खनजोत र मल हालेर चियाका बिरुवा रोपिएको हो,” उनले भने “बाँझो जमिनको सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चिया बगान स्थापना गरिएको हो ।”

कास्कीको माछापुच्छ«े गाउँपालिका–८ को ल्वाङ गाउँबाट बिरुवा ल्याएर किटिनिमा रोपिएको हो । समुन्द्र सतहदेखि एक हजार ८०० मिटरको उचाइएमा रहेको डाडाँगाउँको हावापानी र भूगोल अनुकूल भएकाले चियाखेतीको परीक्षण गरिएको वडाध्यक्ष बुढाले बताए ।

Shreekrishna hardwear in news

किटिनीकै जस्तो हावापानी, भूगोल र उचाइ भएको ल्वाङको चियाखेती सफल भएको छ । चियाखेतीका लागि मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो । सो बजेटबाट बिरुवा, मल खरिद, तारबार र जग्गा खनजोत गरिएको छ ।

Bhautik ministry notice about road



गोरक्ष आधारभूत र अमरज्योति माविको कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि चियाको बिरुवा रोप्न श्रमदान गरेका थिए । १०० जना विद्यार्थीले दुई दिन चियाको बिरुवा रोप्ने काम गरेका थिए । वडा कार्यालय परिसरमा रहेको पाखोमा चियाको बगान तयार पार्न फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले पनि काम गरेको थियो । म्याग्दीमा हाल कुनै पनि ठाउँमा चिया खेती भएको छैन् ।

अन्नपूर्ण गाउँपालिकाको खिवाङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)ले बीस वर्षअघि स्थापना गरेको चिया बगान संरक्षण र उपभोग अभावमा अस्तित्वमा छैन् । चिया खेती सफल भएमा निजी जग्गामा पनि विस्तार गर्ने योजना रहेको वडाध्यक्ष बुढाले बताए । पहाडको शिरमा भिराखो पाखोमा अवस्थित किटिनीबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«्रे, गुर्जा हिमाल, पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको अवलोकन गर्न सकिन्छ ।

चियाबारीको पृष्ठभूमिमा हिमालको अवलोकन गर्न पर्यटक भित्र्याउन सकिने सम्भावना छ । चिया बिक्री गरेर आयआर्जन र रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...