साउनको चौथो सोमबारसम्म करिब साढे सात लाख भेटि

Gandaki Pardesh notice

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब रु. साढे सात लाख भेटि संकलन भएको छ ।

साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख ४१ हजार ९५६ र चौथो सोमबार २२ गते रु. एक लाख ४४ लाख ७९१ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोेषले जनाएको छ ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले चार वटा सोमबारमा लागेको मेलाबाट रु. सात लाख ४८ हजार ५३३ भेटि संकलन भएको जानकारी दिनुभयो । पहिलो सोमबार अत्याधिक भिड रहेको गलेश्वरमा दोस्रो सोमबार कम भएको थियो । तेस्रो सोमबारको तुलनामा चौथो सोमबार भक्तजन बढेका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

साउन २२ गते गलेश्वर शिवालयमा पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार बिहान सरोकारवालाको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । कोषले मन्दिरमा भक्तजन र सहयोगदाताबाट संकलन हुँदै आएको भेटी र सहयोग रकमलाई गणना गरेर बैँकमा जम्मा गर्दै आएका छन् ।

साउन महिनाको सोमबार भगवान शिवको पुजाआराधाना गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । शालीग्राम शिला पाईने एक मात्रै कालीगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन् ।

गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारीक सुख, शान्ति, ऐश्वर्य प्राप्ती हुने धार्मीक विश्वास रहेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...